"अन्याय अत्याचार र भ्रष्टचार विरुद्ध निरन्तर प्रहार"

Pardafas Daily
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
TRENDING
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
Pardafas Daily
No Result
View All Result

वीरगन्ज गोल्डकप ः पेनाल्टी शुटआउटमा सिटी क्लब विजयी

पर्दाफास संवाददाता
पर्दाफास संवाददाता
२०८० कार्तिक १८, शनिबार २१:०९ गते
वीरगन्ज गोल्डकप ः पेनाल्टी शुटआउटमा सिटी क्लब विजयी

वीरगन्ज । प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भेट्रान्स सिटी क्लब वीरगन्जले भारत दिल्लीको गडवाल डायमन्ड फुटबल क्लबलाई ३–१ ले पराजित गरेको छ ।

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि पेनाल्टी शुटआउटबाट निर्णय गरिएको थियो । आयोजक क्लबका सुशान्त थापा, नवीन लामा र जनक कार्कीले गोल प्रहार गरे । भेट्रान्सबाट कप्तान कृष्ण शाक्यले प्रहार विपक्षी गोलकिपर हर्षित विष्टले रोके ।

पाहुना टोलीका सुमित कद्यान, संकल्प सिंह र अन्जुल परिसरको पेनाल्टी भेट्रान्सका गोलकिपर राजु नगरकोटीले बचाएका थिए । डायमन्डबाट अजय विष्टको पेनाल्टी मात्र गोलमा परिणत भयो ।

तीन पेनाल्टी रोकेका भेट्रान्सका गोलकिपर राजु नगरकोटी म्यान अफ द म्याच भए । मधेश प्रदेशकै उच्च धनराशि पुरस्कार प्रथम वीरगन्ज गोल्डकप जित्ने टिमले ११ लाख ११ हजार ११ सय रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा भारतका दुई र नेपालका ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । आइतबार संकटा र चर्च ब्वाइज युनाइटेडले प्रतिस्पर्धा गर्नेछन् ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले प्रतियोगिताको उद्घाटन गर्दै विगतमा खेलकुदका लागि उर्बरभूमि रहेको वीरगन्जमा अहिले सुस्त बनेकोमा चिन्ता व्यक्त गरे । गोल्डकप आयोजना गर्न आदर्शनगर खेलमैदानमा अस्थायी प्यारापिट निर्माण गरिएको छ । ईकान्तिपुर

Previous Post

मधेश प्रदेशको विकास बिना देशको विकास हुन नसक्ने : पूर्व प्रधानमन्त्री ओली

Next Post

मैचिङ्ग सेन्टरमा तस्करीको कपडा

Next Post
मैचिङ्ग सेन्टरमा तस्करीको कपडा

मैचिङ्ग सेन्टरमा तस्करीको कपडा

प्रतिक्रिया दिनुहोस् !

यो वेबसाइट पर्दाफास मिडिया प्रा.लि.को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको राजनीति, व्यापार, अन्तरवार्ता तथा विचार लगायत समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद तथा खोजमुलक सत्य, तथ्य र निष्पक्ष तरीकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेटदछ्।

 

         पर्दाफास मिडिया प्रा.लि.
वीरगंज महानगरपालिका वडा नं. ११, पर्सा
सूचना विभाग दर्ता नं.: ३८१४/२०७९/०८०
सम्पर्क नम्बर :  ९८५५०३९२६६
इमेल: pardafasdaily@gmail.com

 

                 हाम्रो टिम
संचालक/सम्पादक : राघव साह

सम्पादक : श्रीराम प्रसाद  रौनियार

सोसल मिडिया

Facebook
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर

© 2022 -Pardafas Daily - All Rights Reserved.

You cannot copy content of this page

Javascript not detected. Javascript required for this site to function. Please enable it in your browser settings and refresh this page.