वीरगंज । वीरगंज महानगरपालिका घडिअर्वा आदर्शनगर रोडको पूर्व पट्टी स्थित मैचिङ्ग सेन्टर ट्रेडर्सले दैनिक लाखौं लाखको तस्करीको कपडा भित्रियाई राखेको समाचार स्रोतले जनाएको छ ।
सिमावर्ती शहर भारतको रक्सौलबाट चोर बाटोबाट पोके तस्करहरु सँग सर्ट, पाईन्ट, कुर्ता, सुरुवाल, साडी लगायतका कपडाहरु भित्रियाउदै नेपाल सरकारको लाखौं राजस्व मैचिङ्गले छलिरहेको ती स्रोतको भनाई रहेको छ ।
मैचिङ्ग सेन्टर केही वर्ष पहिले माईस्थान मेनरोडको पूर्व पट्टी हुँदा तस्करीको कपडा भित्रियाएकै कारण सो पसलमा पटक–पटक छापामारी भई लाखौं लाखको कपडा बरामद भईसकेको भए पनि राजस्व चोर साहु उत्तम अग्रवालले चोरी पैठारीका काम हालसम्म छोडन नसकेको बताईन्छ ।
नेपाल सरकारको लाखौं राजस्व छलिरहेका साहु उत्तम अग्रवालले प्रहरी, प्रशासन र राजस्व निकायलाई प्रभावित पारेर नै काम हुदै आएको चिया पसलमा साथीहरु सँग गफ गर्ने गरेको उनका निकटवर्तीहरु बताउंदछन् । यस सन्दर्भमा साहु उत्तम अग्रवाल सँग प्रतिक्रिया लिन मोबाईल फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।
प्रतिक्रिया दिनुहोस् !