"अन्याय अत्याचार र भ्रष्टचार विरुद्ध निरन्तर प्रहार"

Pardafas Daily
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
TRENDING
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
Pardafas Daily
No Result
View All Result

मधेश प्रदेशको विकास बिना देशको विकास हुन नसक्ने : पूर्व प्रधानमन्त्री ओली

पर्दाफास संवाददाता
पर्दाफास संवाददाता
२०८० कार्तिक १८, शनिबार २१:०७ गते
मधेश प्रदेशको विकास बिना देशको विकास हुन नसक्ने : पूर्व प्रधानमन्त्री ओली

वीरगंज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्नबालीको आधार मधेश प्रदेशको विकास बिना देशको विकास हुन नसक्ने बताएका छन् ।
शनिवार वीरगंजमा पार्टीको मधेश प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई समबोधन गर्दै अध्यक्ष ओलीले मधेश प्रदेश अगाडि नबढी देश अगाडि बढन नसक्ने बताए ।
उनले एमालेका बिरुद्ध मधेशमा बिगतमा निकै अफवाह फैलाइएको स्मरण गर्दै २०८४ को निर्वाचनमा त्यस्ता अफवाह फैलाउनेहरुलाई मधेशी जनताले ठेगान लगाउने दाबी गरे । अध्यक्ष ओलीले आफनो ३ वर्षे प्रधानमन्त्रीत्वकालमा मुलुकमा तिब्र गतिमा बिकास निर्माणका कामले गति लिएको चर्चा गरे ।
उनले हुलाकी राजमार्गको निर्माण, कोशी मरिन डाईभर्सन, बीरगंज–पथलैया, जनकपुर–ढल्केवर जस्ता ६ लेनका सडकको निर्माण, रेलमार्गको निर्माण, चीन संगको पारवाहन ब्यपार सम्बन्धी सम्झौता, अस्पताल, बिद्यालयको निर्माण, मदन भण्डारी राजमार्ग, मध्य पहाडी लोकमार्गको निर्माण जस्ता काम द्रुत गतिमा शुरु भएको बताए ।
करिब १ घण्टा लामो समय सम्बोधन गरेका पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टीलाई कमजोर बनाउन पार्टीमै रहेका नेताहरुको षड्यन्त्रले सफलता नपाएको बरु पार्टी झन बलियो भएको दाबी गरे । उनले मिशन २०८४ उद्धेश्यमुलक रहेको बताए । नेपालको बिकासका लागि नेकपा एमाले आवश्यक जिकिर गरे ।
उनले कर्णाली प्रदेशको जाजरकोट लगायतका ठाउमा भूकम्पका कारण भएको मानवीय एव अन्य भौतिक क्षती प्रति गहिरो दुःख ब्यक्त गरेका थिए । उनले सिंगो पार्टी पंक्तिलाई राहत र उद्धारमा तदारुकता साथ क्रियाशिल हुन आग्रह समेत गरे । उनले सरकारलाई पनि देखिने गरि राहत र उद्धारको ब्यवस्था मिलाउन आग्रह गरे ।
नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष चन्देश्वर मण्डलको सभापतित्वमा भएको सो सपथग्रहण कार्यक्रममा नेकपा एमालेका सचिव एवं मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराई, कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठ, नेकपा एमाले पर्साका इन्चार्ज अच्यूत मैनाली, नेकपा एमाले मधेश प्रदेश कमिटीका निर्वतमान अध्यक्ष रामअवतार यादव, नेकपा एमाले पर्साका अध्यक्ष डा. बिश्वम्भर शर्मा लगायतकाले आ–आफ्ना मन्तब्य राखेका थिए भने सो कार्यक्रमको सहजीकरण प्रदेश सचिव मनोज पौडेल र स्वागत मन्तब्य उपाध्यक्ष बिचारी यादवले गरेका थिए ।

Previous Post

नारायणी एफएमको बार्षिकोत्सवमा ५३ जनाले गरे रक्तदान

Next Post

वीरगन्ज गोल्डकप ः पेनाल्टी शुटआउटमा सिटी क्लब विजयी

Next Post
वीरगन्ज गोल्डकप ः पेनाल्टी शुटआउटमा सिटी क्लब विजयी

वीरगन्ज गोल्डकप ः पेनाल्टी शुटआउटमा सिटी क्लब विजयी

प्रतिक्रिया दिनुहोस् !

यो वेबसाइट पर्दाफास मिडिया प्रा.लि.को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको राजनीति, व्यापार, अन्तरवार्ता तथा विचार लगायत समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद तथा खोजमुलक सत्य, तथ्य र निष्पक्ष तरीकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेटदछ्।

 

         पर्दाफास मिडिया प्रा.लि.
वीरगंज महानगरपालिका वडा नं. ११, पर्सा
सूचना विभाग दर्ता नं.: ३८१४/२०७९/०८०
सम्पर्क नम्बर :  ९८५५०३९२६६
इमेल: pardafasdaily@gmail.com

 

                 हाम्रो टिम
संचालक/सम्पादक : राघव साह

सम्पादक : श्रीराम प्रसाद  रौनियार

सोसल मिडिया

Facebook
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर

© 2022 -Pardafas Daily - All Rights Reserved.

You cannot copy content of this page

Javascript not detected. Javascript required for this site to function. Please enable it in your browser settings and refresh this page.