काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासंघ समाजावादीको दोस्रो राष्ट्रिय महाधिवेशन मंगलबार सम्पन्न भएको छ ।
सो महाधिवेशनले अर्जुनभक्त राईको अध्यक्षतामा १०३ सदस्यीय कमिटी सर्वसम्वत चयन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा नारायण दास गमास, उपाध्यक्षमा आकाश पटेल, शंकर थापा, शिव प्रसाद डाँगी, दिपक बहादुर सिंह, ज्ञानेन्द्र तिमल्सेना, रिता कोईराला, गोपाल न्यौपाने निर्वाचित भएका हुन् ।
त्यस्तै महिला उपाध्यक्षमा राधिका ऐर हमाल, महासचिवमा अनिल कुमार रिजाल, उप–महासचिवमा रविन्द्र राई, राम पुडासैनी, उत्तम श्रेष्ठ, प्रविन के.सी, महिला उप–महासचिवमा रजुला जोशी रहेका छन् ।
सचिवमा कैलास बिष्ट, अर्जुन मेचे, मनोज कुमार राई, विवेक अर्याल, किशोर श्रेष्ठ, डिलकुमारी नेपाल, अच्युत बनान, महिला सचिवमा रेश्मा केसी र कोषाध्यक्षमा चन्द्रमान डंगोल निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस् !