"अन्याय अत्याचार र भ्रष्टचार विरुद्ध निरन्तर प्रहार"

Pardafas Daily
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
TRENDING
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
Pardafas Daily
No Result
View All Result

वीरगन्जको बालसुधार गृहमा प्रहरी समयमै पुग्दा टर्यो ठूलो दुर्घटना

पर्दाफास संवाददाता
पर्दाफास संवाददाता
२०८१ चैत्र १९, मंगलवार १८:५३ गते
वीरगन्जको बालसुधार गृहमा प्रहरी समयमै पुग्दा टर्यो ठूलो दुर्घटना

वीरगन्ज । वीरगन्जको बालसुधार गृहमा मंगलबार समयमै प्रहरी पुगेका कारण त्यहाँ ठूलो दुर्घटनाको जोखिम टरेको छ।
वीरगन्ज–४ वीर्तास्थित बालसुधार गृहमा रहेका बाल कैदीबन्दीले सुधार गृहमा खानेपानी, पंखा, शौचालय, सुत्ने–बस्ने स्थान लगायतका समस्या वर्षौदेखि समाधान नभएको भन्दै मंगलबार दिउँसो १ बजेदेखि आन्दोलित भएका थिए। सुधारगृहभित्रै होहल्ला गर्दै प्रदर्शनमा उत्रिएका बाल कैदीबन्दीहरूले तोडफोडको पनि प्रयास गर्दा स्थिति केही बेर तनावग्रस्त समेत बन्न पुगेको थियो।
तर उक्त सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक निरोज चौलागाईं नेतृत्वको प्रहरी टोली सुधार गृहमा पुगेका कारण उनीहरूले तोडफोड भने गर्न पाएनन्। लगत्तै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र र सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालपनि सुधारगृहमा पुगे। उनीहरूले आक्रोशित बाल कैदीबन्दीहरूसँग छलफल गरेर सुधारगृहमा विद्यमान समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएपछि स्थिति साम्य बन्यो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बालसुधार गृहमा प्रहरी समयमै पुगेका कारण सम्भावित ठूलो दुर्घटनाको जोखिम टरेको बताए। उनले भने, ‘यदि प्रहरी समयमै नपुगेको भए स्थिति बिग्रिन सक्थ्यो। तर सूचना पाएलगत्तै प्रहरीको टोली त्यहाँ पुगेर स्थिति नियन्त्रणमा लिन सफल भयो।’
लम्सालका अनुसार प्रहरी पुग्दा सुधार गृहभित्र बाल कैदीबन्दीहरूले होहल्ला गर्दै मूल ढोकामा तोडफोड गर्न थालेका थिए। असन्तुष्ट बाल कैदीबन्दीहरूसँग सुधारगृह भित्रै प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूले छलफल गरेपछि उनीहरू शान्त भएको लम्सालले बताए।
बुधबार बिहान १०.३० बजे जिल्ला प्रशासन कार्यालयमा सुधारगृह प्रशासनसहित सरोकारवालाहरूको बैठक राखेर असन्तुष्ट बाल कैदीबन्दीको समस्या सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता प्रमुख जिल्ला अधिकारी अर्यालले जनाएको जानकारीपनि उनले दिए।लम्सालका अनुसार करिब ५० जनाको मात्रै क्षमता रहेको बाल सुधार गृहमा हाल विभिन्न कसुरका १ सय २७ जना बाल कैदीबन्दीहरू छन्।
सुधार गृहमा सुत्ने ठाउँको अभाव रहेको , खानेपानी र शौचालयको उचित प्रबन्ध नरहेको, कोठाहरूमा पंखा पनि नभएको, खानाको गुणस्तर कमसल रहेको लगायतका समस्याहरू रहेको र ती समस्या समाधानका लागि सुधार गृह प्रशासनले चासो नलिएको भन्दै बाल कैदीबन्दीहरू मंगलबार आक्रोशित भई आन्दोलनमा उत्रिएका थिए।
प्रमुख जिल्ला अधिकारी अर्याललसहितको छलफलमा असन्तुष्ट बाल कैदीबन्दीहरूले सुधार गृहको अनुगमनमा सरकारी र गैरसरकारी संघसंस्थाहरू महिनै पिच्छे आउने गरेको तर आफूहरूको समस्या भने ज्यूँ का त्युँ नै रहेपछि आफूहरूलाई जिस्क्याउनका लागिमात्रै उनीहरू अनुगमनमा आउने गरेको महसुस भएपछि आन्दोलित हुनुपरेको बताएका थिए।
त्यसपछि प्रमुख जिल्ला अधिकारी अर्यालले बाल कैदीबन्दीहरूको गुनासो जायज भएको भन्दै उनीहरूको समस्या समाधानका लागि पहल गर्न आफू अग्रसर हुने र बुधबार नै त्यसका लागि बैठक राख्ने प्रतिबद्धता जनाएका थिए।
यसअघि २०८० भदौ २६ गते पनि बालसुधार गृहमा बालकैदीबन्दीहरू बीच नै आपसमा झडप हुँदा ११ बाल कैदीबन्दी र ३ जना प्रहरी घाइते भएका थिए। त्यसबेला दुई जना बाल कैदीबन्दी सुधारगृहबाट भागेर फरारपनि भएपछि। उनीहरूलाई प्रहरीले भारतमा नियन्त्रणमा लिएको थियो। अन्नपूर्ण

Previous Post

मधेसवादी दलका नेताहरुको दोहोरो चरित्रका कारण मधेस उजाड : प्रभु साह

Next Post

नेपाल खेलकुद महासंघ समाजवादीको अध्यक्षमा अजर्नुभक्त राई र उपाध्यक्षमा पर्साबाट आकाश पटेल निर्वाचित

Next Post
नेपाल खेलकुद महासंघ समाजवादीको अध्यक्षमा अजर्नुभक्त राई र उपाध्यक्षमा पर्साबाट आकाश पटेल निर्वाचित

नेपाल खेलकुद महासंघ समाजवादीको अध्यक्षमा अजर्नुभक्त राई र उपाध्यक्षमा पर्साबाट आकाश पटेल निर्वाचित

प्रतिक्रिया दिनुहोस् !

यो वेबसाइट पर्दाफास मिडिया प्रा.लि.को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको राजनीति, व्यापार, अन्तरवार्ता तथा विचार लगायत समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद तथा खोजमुलक सत्य, तथ्य र निष्पक्ष तरीकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेटदछ्।

 

         पर्दाफास मिडिया प्रा.लि.
वीरगंज महानगरपालिका वडा नं. ११, पर्सा
सूचना विभाग दर्ता नं.: ३८१४/२०७९/०८०
सम्पर्क नम्बर :  ९८५५०३९२६६
इमेल: pardafasdaily@gmail.com

 

                 हाम्रो टिम
संचालक/सम्पादक : राघव साह

सम्पादक : श्रीराम प्रसाद  रौनियार

सोसल मिडिया

Facebook
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर

© 2022 -Pardafas Daily - All Rights Reserved.

You cannot copy content of this page

Javascript not detected. Javascript required for this site to function. Please enable it in your browser settings and refresh this page.