"अन्याय अत्याचार र भ्रष्टचार विरुद्ध निरन्तर प्रहार"

Pardafas Daily
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
TRENDING
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
Pardafas Daily
No Result
View All Result

देशलाई संकटबाट बचाउन तेस्रो जनआन्दोलनको विकल्प छैन् : प्रभु साह

पर्दाफास संवाददाता
पर्दाफास संवाददाता
२०८१ चैत्र २०, बुधबार १९:२६ गते
देशलाई संकटबाट बचाउन तेस्रो जनआन्दोलनको विकल्प छैन् : प्रभु साह

भक्तपुर । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुकमा बढदै गईरहेको संकटको एक मात्र समाधान तेस्रो जनआन्दोलन भएको बताएका छन् । दलाल एवं लुटकारी दलतन्त्रले देशलाई दलदलमा फँसाएकाले तेस्रो जनआन्दोलनमा सहभागिताका लागि उनले आह्वान गरे ।
आजपाद्धारा भक्तपुर र काठमाडौंको बालाजुमा आज आयोजित छुटाछुटै कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले दलाल एवं लुटकारी व्यवस्थाका कारण दलाल नेताहरुले देशलाई दलदलमा फाँसाएको आरोप लगाए ।
अहिले मुलुक गम्भिर संकटमा छ । लुटकारी एवं दलाल दलतन्त्रका कारण जताततै लुट मचिएको छ । भ्रष्टाचार, अनियमितता, कुशासन बढदै गएको छ । नेताहरु मालामाल भएका छन्, जनता लचार भएका छन्’, आजपा अध्यक्ष साहले भने, ‘अहिलेको संकटको एकमात्रै समाधान भनेको तेस्रो जनआन्दोलन हो । चैत २४ गते भृकुटीमण्डपमा जाऔं र यो दलाल दलतन्त्रको बिरुद्ध एकजुट होऔं ।’
वर्तमान असफल प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका कारण मुलुकको आर्थिक अवस्था संकटमा पुगेको उनले बताए । भ्रष्टाचार, लुट, मनोमानी कर आतंक बढेको बताउदै लुटकारी व्यवस्थालाई कहिलेसम्म बोक्ने भन्दै उनले प्रश्न गरे ।
सरकारमा सहभागि नेताहरु लुट, भ्रष्टाचार, अनियमिततामा लागेको गम्भिर आरोप लगाउदै साहले उनीहरुबाट केही आश गर्नु बेकार रहेको बताए । लुटकारी दलाल दलतन्त्रका कारण मुलुक बर्बाद भईरहेको बताउदै आजपा अध्यक्ष साहले नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन आवश्यक भएको बताए । उनले आम जनताको शासन व्यवस्थाका लागि तेस्रो जनआन्दोलन सफल बनाउनुपर्ने बताए ।
लुटकारी दलतन्त्र बिरुद्ध २४ चैतमा काठमाडौंमा हुने तेस्रो जनआन्दोलनको तयारीका लागि भर्खरै रौतहट, बारा र पर्सामा आयोजित बिभिन्न कार्यक्रममा सहभागि भएर काठमाडौं आएका साह बालाजु, भक्तपुर, बुद्धनगर सहितका बिभिन्न ठाउँमा आयोजित कार्यक्रम सहभागि हुदै तेस्रो जनआन्दोलन सफल बनाउने रणनीति सहित सहभागि हुन आग्रह गरेका छन् ।
आजपा निकटको युवा, विद्यार्थी, महिला, मजदुर लगायतका बिभिन्न संगठनहरुको आन्तरिक बैठक बस्दै आन्दोलनको तयारीमा जुटेको विद्यार्थी मोर्चाका सचिव प्रिन्स साहले जनाएका छन् ।

Previous Post

नेपाल खेलकुद महासंघ समाजवादीको अध्यक्षमा अजर्नुभक्त राई र उपाध्यक्षमा पर्साबाट आकाश पटेल निर्वाचित

Next Post

लोक सेवा संग प्रभु साहको प्रश्न, ‘तलो तह र श्रेणीविहिन पदमा किन विज्ञापन नगरेको ?’

Next Post
लोक सेवा संग प्रभु साहको प्रश्न, ‘तलो तह र श्रेणीविहिन पदमा किन विज्ञापन नगरेको ?’

लोक सेवा संग प्रभु साहको प्रश्न, ‘तलो तह र श्रेणीविहिन पदमा किन विज्ञापन नगरेको ?’

प्रतिक्रिया दिनुहोस् !

यो वेबसाइट पर्दाफास मिडिया प्रा.लि.को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको राजनीति, व्यापार, अन्तरवार्ता तथा विचार लगायत समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद तथा खोजमुलक सत्य, तथ्य र निष्पक्ष तरीकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेटदछ्।

 

         पर्दाफास मिडिया प्रा.लि.
वीरगंज महानगरपालिका वडा नं. ११, पर्सा
सूचना विभाग दर्ता नं.: ३८१४/२०७९/०८०
सम्पर्क नम्बर :  ९८५५०३९२६६
इमेल: pardafasdaily@gmail.com

 

                 हाम्रो टिम
संचालक/सम्पादक : राघव साह

सम्पादक : श्रीराम प्रसाद  रौनियार

सोसल मिडिया

Facebook
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर

© 2022 -Pardafas Daily - All Rights Reserved.

You cannot copy content of this page

Javascript not detected. Javascript required for this site to function. Please enable it in your browser settings and refresh this page.