"अन्याय अत्याचार र भ्रष्टचार विरुद्ध निरन्तर प्रहार"

Pardafas Daily
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
TRENDING
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
Pardafas Daily
No Result
View All Result

गभर्नरको गलत नीतिका कारण शेयर बजार धारासायी भयो : अध्यक्ष मुरली जलान

पर्दाफास संवाददाता
पर्दाफास संवाददाता
२०८० असार ६, बुधबार ११:४७ गते
गभर्नरको गलत नीतिका कारण शेयर बजार धारासायी भयो : अध्यक्ष मुरली जलान

विगत एक दशक बढिदेखी शेयर बजारमा लगानी गर्दै आएका लगानीकर्ता हुन वीरगंजका उद्योगी मुरली जलान । वर्तमान समयमा शेयर बजारको अवस्था र भाविष्यमा हुन सक्ने प्रभावका बारेमा केन्द्रित रही वीरगंज उद्योग बाणिज्य संघ शेयर बजार समिति पर्साका अध्यक्ष समेत रहेका उनै उद्योगी जलानसंग पर्दाफास डेली डटकमको लागि गरिएको कुराकानीको सम्पादित अंश जस्ताको त्यस्तैः

नेपालमा पछिल्लो समय शेयर बजारको अवस्थालाई कसरी हेर्नु भएको छ ?

पछिल्लो समय शेयर बजारको अवस्था एकदमै दैनिय थियो । तर अहिले आएर अलि अलि सुधार हुँदै गएको छ । छिट्टै नै बजार कभर गर्ला भन्ने आशा लिईएको छ । विगतको दुई साल अगाडी बजार एकदमै राम्रो थियो । नेप्से ३२ सयको हराहरीमा थियो ।

अहिले नेपाल राष्ट्र बैंकका गभर्नरको गलत नीतिको कारणले गर्दा शेयर बजार धारासाही भयो । गभर्नरले शेयर धितो कर्जामा चार/बाह्को क्याप लगाउनु भयो । खासगरि साना लगानीकर्ताको उत्थानको लागि गभर्नरले चार/बाह् नीति लगाउनु भयो, तर परिणाम ठयाक्कै उल्टो भयो । कसरी भन्दा, चार/बाह्को मतलब १०० करोडको शेयर छ, त्यति खेर  ७०/८० करोड ऋण पाउथे । तर गभर्नरजीले त्यसलाई एक व्यक्तिले १२ करोडभन्दा बढि ऋण नपाउने नीति ल्याउनु भयो ।

अहिलेको शेयर बजारमा बुल/बियर (बढ्दो/घट्दो) को चक्रलाई मान्नु हुन्छ भने अहिले न्युनतम बिन्दु अथवा बटम पोवाईन्ट १८०० लाई मान्ने हो भने दुई वर्षको निरन्तर घट्ने क्रमलाई क्रम भंग गरेर अब चाहि बढ्न सुरु भएर २०६४.८३ बिन्दुमा नेप्से पुगिसकेको अवस्था छ ।

अब मान्नुस् मैले १०० करोड ऋण लिएको छु, त्यो त तिर्नुपर्याे । चार/बाह्को नीतिका कारण १२ करोडभन्दा माथि सबै बैंक ऋण चुक्ता गर्नुपर्ने बाध्यात्मक अवस्था बन्यो । जसका कारण बजारमा ठुला लगानीकर्ताको शेयर बजारमा आपूर्ति ह्वातै बढ्यो र त्यसले गर्दा बजार मुल्यमा निरन्तर गिरावट आयो । तर ठुलो लगानीकर्ता भने बाध्यात्मक देखिए पनि बढेकै मुल्यमा शेयर बेच्न पाए । जसले गर्दा त्यो १०० करोडको शेयर बेचेर पनि ती लगानीकर्ता जोगिए । तर एक करोड, ५० लाख, ५ लाख, २ लाख शेयरकर्ता त बिचारा बिना ऋणमा थिए । त्यस कारण ती बेचरा लगानीकर्ता मर्कामा परे । किन भने शेयर बजारको दर घट्यो । ५०० रुपैयाँको शेयर थियो, तर अहिले कोही १५० रुपैयाँमा पनि किनिरहेको छैन् । तसर्थः सानोलाई बचाउने चक्करमा ठुलाले दाउ खेल्दै साना शेयर लगानीकर्ता मर्कामा परेका छन् ।

शेयर बजारको हालको अवस्था के छ ? र लगानी कर्ताले के गर्नुपर्छ ?

अहिले शेयर बजारको अवस्था सुध्रिदै गएको छ । राम्रो हुँदै गईरहेको छ र शेयर बजारमा छिर्ने यही समय एकदमै राम्रो समय हो । दुई सालको लागि लगानी गरेर बस्ने अनि हेरिराख्ने । शेयर बजारमा लगानी गर्न यो एकदमै राम्रो समय हो, जुन फर्केर आउँदैन् ।

अहिलेको शेयर बजारमा बुल/बियर (बढ्दो/घट्दो) को चक्रलाई मान्नु हुन्छ भने अहिले न्युनतम बिन्दु अथवा बटम पोवाईन्ट १८०० लाई मान्ने हो भने दुई वर्षको निरन्तर घट्ने क्रमलाई क्रम भंग गरेर अब चाहि बढ्न सुरु भएर २०६४.८३ बिन्दुमा नेप्से पुगिसकेको अवस्था छ । यसलाई नयाँ लगानीकर्ताहरुको लागि शेयर बजारमा लगानी गर्ने आशा, अवसर र सम्भावना भएको बुझ्न सकिन्छ ।

शेयर बजारको खरिद बिक्रिले आम लगानीकर्तालाई के फाईदा हुन्छ ?

शेयर बजार भनेको चल पूँजी हो साथै अर्थतन्त्रको ऐना पनि हो । मान्छेले जग्गा, घर, सून, व्यापार व्यवसायमा लगानी गर्छन् । व्यापार व्यवसायमा चल अचल दुबै पूँजी हुन्छ । जग्गामा अचल पूँजी मात्रै हुन्छ, किन भने भोली चाहदैमा जग्गा बेच्न सक्नु हुन्न् ।

छोटो समयको लगानीवाला कम्पनी हो भने ११ बजेदेखी ३ बजेको बिचसम्म त्यहाँबाट हट्नु भएन् । स्क्रीन मै बस्नुपर्छ, किन भने कुन बेला शेयर घट्छ वा बढ्छ त्यो ठयाक्कै निर्णय लिन सक्नु पर्याे ।

घाटा खाए पनि चाहिएको बेला बिक्रि गर्न समस्या हुन्छ । तर पैसाको आवश्यकता भएको बेला १० रुपैयाँ घाटा खाएर पनि जुन सुकै बेला शेयर बजार बेच्न सकिन्छ । एउटा क्लिकको भरमा पैसा आई हाल्छ । लगानी गर्नको लागि शेयर बजार एकदमै राम्रो ठाउँ हो ।

शेयर बजारमा लगानीको लागि कम्पनी छनौट गर्दा के के कुरामा ध्यान दिनुपर्ने हुन्छ ?

कम्पनी त हेर्नै पर्छ । तर त्यो भन्दा पनि म आफै कस्तो छु ? कस्तो लगानीकर्ता ? लामो समय लगानी गर्ने हो कि छोटो समय कि मध्यम ? त्यो कुरा छ । लामो समयको लागि राम्रो कम्पनी छानेर उसको ईपीएस/आम्दनी हेरेर विगतको पाँच वर्षमा के के गरेको छ ? त्यस कम्पनीको प्रत्येक तीन महिनाको रिपोर्ट हेरेर लगानी गर्दा ठिक हुन्छ । छोटो समयको लगानीवाला कम्पनी हो भने ११ बजेदेखी ३ बजेको बिचसम्म त्यहाँबाट हट्नु भएन् । स्क्रीन मै बस्नुपर्छ, किन भने कुन बेला शेयर घट्छ वा बढ्छ त्यो ठयाक्कै निर्णय लिन सक्नु पर्याे । अर्काे, यसबाट कर आउने भएकोले राज्यलाई पनि फाईदा छ । विगतमा छोटो समयको शेयर लगानीले मालपोतभन्दा पनि बढि कर उठाएर दिएको हो ।

भोलीको दिनमा यस्तो पनि हुन सक्छ कि जसरी आज बैंकको लाईसेन्स बाँडेर उनीहरुलाई मर्ज गराईएको छ, त्यसरी नै भोली ब्रोकरको लाईसेन्स बाँडेर ब्रोकर कम्पनीलाई पनि मर्ज गराउनु पर्ने अवस्था आउन सक्छ ।

मध्यम लगानीकर्ताले मलाई पैसाको कहिले आवश्यकता छ ? मान्नुस् दुई सालपछि पैसा लिनु छ भने त्यो अनुसारको कम्पनी छनोट गरेर लगानी गर्नुपर्छ ।

नयाँ ब्रोकर कम्पनीले लाईसेन्स पाउने क्रम चलिरहेको छ भने नयाँ स्टक एक्सचेन्जको प्रकृया रोकिएको छ ? यसले शेयर बजारमा कतिको असर पार्ला ?

नयाँ ब्रोकर साथीहरु आए भने एकदमै राम्रो पक्ष हो । जति ब्रोकर कम्पनी आउँछ त्यती नै बजार फराकिलो हुँदै जान्छ र राम्रो हुन्छ । यसले भविष्यमा शेयर बजारलाई ठुलो बनाउँछ ।

शेयर बजारमा लगानी गरेर सुतिदिनु हुन्छ, मार्केट बढेको छ तर नबेच्ने, अझै बढ्छ कि ? लालपूर्जा जस्तै जग्गा किने अनि राखिदिए । त्यसतै शेयर किनेर राखिदिए गुमाउने सम्भवना भन्दा पनि जुन दिन बिक्रि हुन्छ त्यो दिनको रेट मात्रै पाउँछ ।

ग्राहक तानातान भएर एकचोटी मान्छे बिचलित होलान तर सही बाटो गयो भने ठिकै छ । नत्र भोलीको दिनमा यस्तो पनि हुन सक्छ कि जसरी आज बैंकको लाईसेन्स बाँडेर उनीहरुलाई मर्ज गराईएको छ, त्यसरी नै भोली ब्रोकरको लाईसेन्स बाँडेर ब्रोकर कम्पनीलाई पनि मर्ज गराउनु पर्ने अवस्था आउन सक्छ । तसर्थः राज्यले ब्रोकर कम्पनीमाथि निगरानी गर्नुपर्छ । बैंकको जस्तो अवस्था आउन नदिन हेर्नुपर्छ ।

अहिलेको बजेटमा शेयर बजारमा कस्तो प्रभाव परेको छ ?

शेयर बजारमा बजेटले खासै प्रभाव पर्दैन् । प्रभाव पर्ने भनेको मौद्रिक नीति र बैंक ब्याजदरले हो । ब्याजदर जसरी जसरी घट्छ, मार्केट त्यसरी त्यसरी हाई हुँदै जान्छ । सबै कुरा मौद्रिक नीतिमा भर पर्दछ । साउन १० गते मौद्रिक नीति आउने कुरा छ । मौद्रिक नीति आएपछि शेयर बजार अझै सकारात्मक हुन्छ भने आम लगानीकर्ताको सोच रहेको छ ।

शेयर बजारबाट कमाएका र गुमाएका पनि धेरै उदाहरणहरु छन् । शेयर बजारबाट कसरी सफलता प्राप्त गर्न सकिन्छ ?

मैले अघि कै कुरा दोहो¥याए । मान्नुस् ११ बजेदेखी ३ बजेको समय स्क्रीनमा दिनुभयो । समय दिएर त्यसको बिश्लेषण गरेर भोली के गर्नुछ ? आउने हप्ता के हुन्छ ? पुरै चनाखो भएर लाग्नु भयो भने दुई पैसा मन्दीमा पनि कमाउन सकिन्छ ।

मुख्यतः यसले के देखाउँछ भने हाम्रो देश कति स्थिर छ ? विदेशीले हेर्ने हाम्रो देशको शेयर बजारको नेप्से नैै हो । मुम्बईमा आज ६०/६५ हजारको नेप्से चलिरहेको छ तर नेपालमा २ हजारको मात्रै चलिरहेको छ । कति फरक छ ?

तर शेयर बजारमा लगानी गरेर सुतिदिनु हुन्छ, मार्केट बढेको छ तर नबेच्ने, अझै बढ्छ कि ? लालपूर्जा जस्तै जग्गा किने अनि राखिदिए । त्यसतै शेयर किनेर राखिदिए गुमाउने सम्भवना भन्दा पनि जुन दिन बिक्रि हुन्छ त्यो दिनको रेट मात्रै पाउँछ । ऋणको पैसा नभएर आफ्नो पैसा लगानी गर्नुपर्छ । ध्यान दिईयो भने शेयर बजारमा जहिले पनि सकारात्मक नै हुन्छ ।

कोरोनाको कहरपछि अहिले देखिएको आर्थिक मन्दीको संकेतको बेला पनि बेरोजगारीको संख्या ह्वातै बढेको देखिन्छ । शेयर बजारमा मात्रै लगानी गरेर घरपरिवारको दैनिकी चलाउन सक्ने सम्भावना छ त ?

एकदम छ । मान्छेले अलिकति बुझ्ने खालको भई दियो भने सेकेण्ड मार्केटमा छिर्नु पर्छ भने जरुरी छैन् । धेरै परिवारको आईपीओ मात्र भरेर जिविका चलिरहेको छ । अनि यस्ता पनि छन् जो गाउँघरमा गएर आईपीओ भर्न लगाई सिकाईरहेका छन् । गाउँका ती मान्छेहरुलाई फाईदा पनि भएको छ । उनीहरुसंग पनि बुझ्न सकिन्छ ।

शेयर बजारमा सकारात्मक प्रभाव पार्न सरकारले कस्तो नीति ल्याउनु पर्छ ?

सरकारले शेयर बजारमा कुदृष्टि हाल्नु भएन् । आजको समयमा नेप्से जुन दुई हजारको हराहरीमा चलिरहेको छ, त्यो दुई वर्ष अगाडी ३२ सय थियो । यो १०/१२ प्रतिशत नेप्से घट्नु हुदैन् । तर यहाँ त २५ प्रतिशत गायब भईसक्यो । मुख्यतः यसले के देखाउँछ भने हाम्रो देश कति स्थिर छ ? विदेशीले हेर्ने हाम्रो देशको शेयर बजारको नेप्से नैै हो ।

एकचोटी दुई हजारदेखी नै लगानी गरेर सिक्नु पर्याे । थाहा पाईसकेपछि त आफै खोजेर ल्याईन्छ नि । तर अध्ययन नगरेर साथीभाईको हचुवाको भरमा लागेर आईपिओ भर्दा समेत ठिक छ तर त्यो भन्दा बढि जानु हुदैन् ।

मुम्बईमा आज ६०/६५ हजारको नेप्से चलिरहेको छ तर नेपालमा २ हजारको मात्रै चलिरहेको छ । कति फरक छ ? तसर्थः यसले के देखाउँछ भने आर्थिक रुपमा मुलुक कतिको बलियो छ ? त्यसकारण राज्यले शेयर बजार क्षेत्रमा राम्ररी बिचार गर्नुपर्छ । हाम्रो देशमा एउटा नराम्रो के छ भने कसैको अलिकति व्यापार फस्टायो भने त्यसमा कर माथि कर लगाईन्छ । अनेक थरिका कर लगाएर चुस्ने खालका कार्यक्रम ल्याई दिन्छन् । त्यसकारण त्यो बजार नै धारासायी हुन्छ । तसर्थः सरकारसंग के बिन्ती छ भने शेयर बजारको कर ७.५ प्रतिशतलाई घटाएर ५ प्रतिशत गरिदिनुस् । त्यति गर्दैमा शेयर बजारको मार्केट धेरै राम्रो हुन्छ ।

अन्त्यमा, शेयर बजारमा लगानी गर्ने व्यक्तिलाई के सल्लाह सुझाव दिन चाहनु हुन्छ ?

सबैभन्दा पहिले कस्तो किसिमको लगानी गर्ने हो आफै निर्णय गर्नुपर्छ । शेयर बजारमा समय दिन सकिन्छ भने सेकेण्ड मार्केटमा पनि जाओस् । अध्ययन गरेर राम्रो कम्पनी छानीछानी लगानी गरोस् । एकचोटी दुई हजारदेखी नै लगानी गरेर सिक्नु पर्याे । थाहा पाईसकेपछि त आफै खोजेर ल्याईन्छ नि । तर अध्ययन नगरेर साथीभाईको हचुवाको भरमा लागेर आईपिओ भर्दा समेत ठिक छ तर त्यो भन्दा बढि जानु हुदैन् ।

Previous Post

गहवामाई रथ यात्राको सम्पुर्ण तयारी पुरा, भोली निकालिने

Next Post

नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋण नाघ्यो २१ खर्ब ७३ अर्ब

Next Post
नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋण नाघ्यो २१ खर्ब ७३ अर्ब

नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋण नाघ्यो २१ खर्ब ७३ अर्ब

प्रतिक्रिया दिनुहोस् !

यो वेबसाइट पर्दाफास मिडिया प्रा.लि.को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको राजनीति, व्यापार, अन्तरवार्ता तथा विचार लगायत समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद तथा खोजमुलक सत्य, तथ्य र निष्पक्ष तरीकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेटदछ्।

 

         पर्दाफास मिडिया प्रा.लि.
वीरगंज महानगरपालिका वडा नं. ११, पर्सा
सूचना विभाग दर्ता नं.: ३८१४/२०७९/०८०
सम्पर्क नम्बर :  ९८५५०३९२६६
इमेल: pardafasdaily@gmail.com

 

                 हाम्रो टिम
संचालक/सम्पादक : राघव साह

सम्पादक : श्रीराम प्रसाद  रौनियार

सोसल मिडिया

Facebook
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर

© 2022 -Pardafas Daily - All Rights Reserved.

You cannot copy content of this page

Javascript not detected. Javascript required for this site to function. Please enable it in your browser settings and refresh this page.