"अन्याय अत्याचार र भ्रष्टचार विरुद्ध निरन्तर प्रहार"

Pardafas Daily
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
TRENDING
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
Pardafas Daily
No Result
View All Result

बंगरी नदी प्रदूषित गर्ने रिलायन्स सुगर मिललाई कारबाही गर्न युवाहरूको माग

पर्दाफास संवाददाता
पर्दाफास संवाददाता
२०८२ कार्तिक २, आईतवार १९:५७ गते
बंगरी नदी प्रदूषित गर्ने रिलायन्स सुगर मिललाई कारबाही गर्न युवाहरूको माग

वीरगन्ज २ कार्तिक । बाराको बंगरी नदीमा रिलायन्स सुगर इन्डष्ट्रिज (चिनी मिल)ले गर्दै आएको प्रदूषण रोक्न माग गर्दै युवाहरूले बाराका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।
आइतबार बाराको कलैया उपमहानगरपालिकाको मनगढवा, फेटा गाउँपालिकाको अकवनीया र भलुही तथा प्रसौनी गाउँपालिकाको गोइठी गाउँका युवाहरूले बाराका प्रमुख जिल्ला अधिकारीलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन्।
बाराको श्रीपुर मनहर्वामा रहेको रिलायन्स सुगर मिलले उद्योगबाट निस्कने फोहोर र रसायनयुक्त पानी सिधै बंगरी नदीमा मिसाउने गरेका कारण नदी प्रदूषित भएको र त्यसबाट गाउँमा दुर्गन्ध फैलनुका साथै विभिन्न किसिमका रोगको संक्रमण देखा पर्दै आएको छ। नदीको प्रदूषणले ब्रह्मपुरी, बेलहिया, प्रस्टोका, भतौडा, बैराटपुर, गोइठही, मनगढवा, भलुही, अकवनिया, त्रिवेणी लगायत करिब ५० भन्दा बढी गाउँहरू प्रत्यक्ष प्रभावित भएको त्यहाँका युवाहरूको भनाइ छ।
अहिले छठ पर्वका बेला प्रदूषित नदीमै श्रद्धालु भक्तजनहरूले अर्घ दिनुपर्ने बाध्यता पनि देखिएकाले नदीको प्रदूषण तत्काल रोकेर नदी प्रदूषण गर्ने रिलायन्स सुगर मिललाई प्रचलित कानुन अनुसार कारबाही गर्नु पर्ने माग उनीहरूले गरेका छन्। समुदायको स्वास्थ्य, वातावरणीय अधिकार र धार्मिक आस्थासँग जोडिएको गम्भीर विषय भएकाले आफूहरूले नदीको प्रदूषण रोक्न प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललाई गुहारेको फेटा–१ का मनिष कुशवाहाले बताए।
नेपालको संविधानको धारा ३० (स्वच्छ वातावरणको हक), वातावरण संरक्षण ऐन, २०७६ तथा नियमावली, २०७७ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा हानिकारक फोहोर पानी नदीमा बगाउन नपाइने स्पष्ट व्यवस्था गरेको हुँदा यस बारेमा जिल्ला प्रशासन कार्यालयले पहल थाल्नुपर्ने आफूहरूको माग रहेको उनले बताए। यदि स्थानीय प्रशासनले आफूहरूको मागप्रति बेवास्ता गरेको खण्डमा शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरू घोषणा गरेर सडकमा उत्रिने चेतावनीसमेत युवाहरूले ज्ञापनपत्रमार्फत दिएका छन्। अन्नपूर्ण

Previous Post

गृहमन्त्री अर्याललाई प्रभु साहको चेतावनी : म्याण्डेटमा ध्यान देउ, मिडियाबाजी र म्यानुपुलेशनमा होईन

प्रतिक्रिया दिनुहोस् !

यो वेबसाइट पर्दाफास मिडिया प्रा.लि.को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको राजनीति, व्यापार, अन्तरवार्ता तथा विचार लगायत समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद तथा खोजमुलक सत्य, तथ्य र निष्पक्ष तरीकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेटदछ्।

 

         पर्दाफास मिडिया प्रा.लि.
वीरगंज महानगरपालिका वडा नं. ११, पर्सा
सूचना विभाग दर्ता नं.: ३८१४/२०७९/०८०
सम्पर्क नम्बर :  ९८५५०३९२६६
इमेल: pardafasdaily@gmail.com

 

                 हाम्रो टिम
संचालक/सम्पादक : राघव साह

सम्पादक : श्रीराम प्रसाद  रौनियार

सोसल मिडिया

Facebook
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर

© 2022 -Pardafas Daily - All Rights Reserved.

You cannot copy content of this page

Javascript not detected. Javascript required for this site to function. Please enable it in your browser settings and refresh this page.