"अन्याय अत्याचार र भ्रष्टचार विरुद्ध निरन्तर प्रहार"

Pardafas Daily
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
TRENDING
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
Pardafas Daily
No Result
View All Result

भगवान श्रीकृष्ण : गीता दर्शनदेखि डिजिटल युगसम्म

पर्दाफास संवाददाता
पर्दाफास संवाददाता
२०८२ श्रावण ३१, शनिबार १६:५६ गते
भगवान श्रीकृष्ण : गीता दर्शनदेखि डिजिटल युगसम्म

– पण्डित नारायणप्रसाद दुलाल
ज्योतिषाचार्य / वास्तुविद्
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥
भगवान् श्रीकृष्ण सम्पूर्ण मानव सभ्यताका लागि प्रेरणाको अमृत स्रोत, जीवनको रहस्य र धर्मको मूलभूत दर्शनका दाताको रुपमा स्थापित हुनुहुन्छ । द्वापर युगमा जन्मिएका यी युगपुरुष केवल एक ऐतिहासिक वा धार्मिक पात्र मात्र होइनन्, एक मार्गदर्शक, एक दार्शनिक, एक मित्र र एक क्रान्तिकारी व्यक्तित्व पनि हुन् । महाभारतको कुरुक्षेत्रमा अर्जुनलाई प्रदान गरिएको भगवद्गीता को अमर उपदेश केवल त्यो समयका लागि सीमित थिएन, त्यो युगान्तर पार गर्ने दिव्य सन्देश थियो- जसले आज हजारौं वर्षपछि पनि मानिसको जीवनयात्रामा मार्गदर्शन गरिरहेको छ ।
श्रीमद्भगवद्गीता केवल धार्मिक ग्रन्थ मात्र नभई जीवनको सार्वभौम मार्गदर्शन हो भन्ने सन्देश दिन्छ । श्रीमद्भगवद्गीता महाभारतको भीष्मपर्वमा कृष्ण र अर्जुनबीचको संवाद हो, तर यो केवल रणभूमिको कथा होइन- यो जीवनका सबै अवस्थाका लागि एक गहिरो ‘म्यानुअल’ हो । जाति, धर्म, समय, स्थान, युग- कुनै सीमामा नबन्दिने यो ग्रन्थ आज पनि तितिक्षा (सहनशीलता), विवेक र कर्मको मार्गदर्शक बनेको छ । श्रीमद्भगवद्गीता कुनै एक धर्म वा समुदायको सम्पत्ति होइन, बरु यो मानवताको साझा सम्पदा हो । यसको शिक्षाले संसारका सबै मानिसलाई आत्मज्ञानी, कर्तव्यबोध र सन्तुलित जीवनतर्फ प्रेरित गर्छ । कर्मयोगले परिणामको आसक्तिबिना कर्म गर्ने अभ्यास, ज्ञानयोगले सत्य र आत्माको वास्तविक स्वरूपको बोध र भक्तियोगले ईश्वरप्रति समर्पण र प्रेममा समर्पित छ । त्यसैले हाम्रो जीवनका रणभूमिहरू- व्यक्तिगत, पारिवारिक, व्यावसायिक वा सामाजिक सबैमा गीता समान रूपले उपयोगी छ ।
श्रीमद्भगवद्गीता केवल पूजा कोठामा राख्ने पुस्तक होइन, बरु दैनिक जीवनमा उतार्ने जीवन सूत्र हो । जब हामी परिणामभन्दा कर्ममा ध्यान दिन सिक्छौँ, सुख-दुःखमा समान भाव राख्छौँ र ज्ञान, कर्म र भक्ति तिनैलाई मिलाएर अघि बढ्छौँ, तब जीवन वास्तवमै सन्तुलित र सार्थक बन्छ जसले कर्तव्य, निष्ठा र सत्यप्रति अडिगता बनाउँछ । यसले व्यक्ति मात्र होइन, समाज र राष्ट्रलाई पनि दीर्घकालीन स्थिरता दिन्छ ।
युग बदलिँदै जाँदा मानिसको जीवनशैली, प्रविधि र सोच बदलियो, तर कृष्णको उपदेश अझै ताजा र सान्दर्भिक छ । व्यवसायमा- गीता सिकाउँछ कि दीर्घकालीन सफलता कर्तव्यनिष्ठा र नैतिक आचरणमा निहित छ । शिक्षामा- आत्मअनुशासन र अध्ययनप्रति निष्ठा कृष्णीय दर्शनको प्रत्यक्ष अनुप्रयोग हो । सामाजिक जीवनमा- सहिष्णुता, प्रेम र सहयोगको भावको सार श्रीकृष्णले गीतामा दिनुभयो ।
आजको डिजिटल युगमा प्रविधि जीवनको केन्द्रमा छ । कृष्णको विचारलाई डिजिटल प्लेटफर्म मार्फत लाखौं मानिस समक्ष पुर्याउने कोसिस रहेको देख्न सकिन्छ । जसमध्ये अनलाइन गीता क्लास र डिजिटल पुस्तकालय मार्फत ज्ञानको पहुँच विश्वव्यापी रहेको छ । मोबाइल एप र पड्कास्ट मार्फत दैनिक गीता श्लोक र व्याख्या सहजै पाउन सकिन्छ । सोसल मिडियामा कृष्णलीला, भक्ति गीत र प्रेरणादायी सन्देशहरू साझा भइरहेको देखिन्छ । भर्चुअल रियलिटी (VR) मा वृन्दावन दर्शन, महाभारत युद्धको अनुभव र श्रीमद्भगवद्गीताको दिव्य आनन्द समेत पाइन्छ आज ।
सहज जीवन व्यवस्थापनका लागि गीता व्यवस्थापनका सिद्धान्तका रूपमा पाठ्यक्रममा पढाइँदैछ। मानसिक स्वास्थ्यको लागि तनाव व्यवस्थापनमा कृष्णको ‘सामत्वयोग’को अभ्यास धेरै ठाउँमा गराइएको पाइन्छ । युवापुस्तामा डिजिटल कथा र गेममार्फत कृष्णको चरित्र जीवन्त गरिएको छ । सामाजिक नेतृत्वमा श्रीकृष्णको रणनीति र कूटनीति नेतृत्व क्षमतामा लागू भएको पनि देखिन्छ । यसरी, कृष्णको दर्शन अब भौगोलिक सीमामा सीमित छैन; यो ग्लोबल डिजिटल चेतनामा रूपान्तरित भइसकेको छ ।
भगवान् श्रीकृष्ण कुनै केवल अतीतका पात्र होइनन् उहाँ विचार, दर्शन र प्रेमको अनन्त ऊर्जा हुनुहुन्छ । गीता दर्शनले हामीलाई कर्म र धर्मको अद्वितीय सन्तुलन सिकाउँछ भने डिजिटल युगले त्यो ज्ञानलाई विश्वव्यापी रूपमा फैलाउने माध्यम दिएको छ । आजको पुस्ताले यदि गीता दर्शनलाई प्रविधिसँग जोडेर जीवनमा उतार्न सक्यो भने, हामी केवल धार्मिक श्रद्धालु मात्र नभई सचेत, उत्तरदायी, वैज्ञानिक र आध्यात्मिक रूपमा सम्पन्न समाज अनि राष्ट्र निर्माण गर्न सक्षम हुनेछौँ । अस्तु ।। अनलाईनखबर

Previous Post

न्याय परिषद्‍ले गर्‍यो उच्चका ८८ र जिल्लाका १२२ न्यायाधीशको सरुवा [सूचीसहित]

Next Post

वकिललाई कारबाहीको माग गर्दै प्रशासनअगाडि धर्ना

Next Post
वकिललाई कारबाहीको माग गर्दै प्रशासनअगाडि धर्ना

वकिललाई कारबाहीको माग गर्दै प्रशासनअगाडि धर्ना

प्रतिक्रिया दिनुहोस् !

यो वेबसाइट पर्दाफास मिडिया प्रा.लि.को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको राजनीति, व्यापार, अन्तरवार्ता तथा विचार लगायत समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद तथा खोजमुलक सत्य, तथ्य र निष्पक्ष तरीकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेटदछ्।

 

         पर्दाफास मिडिया प्रा.लि.
वीरगंज महानगरपालिका वडा नं. ११, पर्सा
सूचना विभाग दर्ता नं.: ३८१४/२०७९/०८०
सम्पर्क नम्बर :  ९८५५०३९२६६
इमेल: pardafasdaily@gmail.com

 

                 हाम्रो टिम
संचालक/सम्पादक : राघव साह

सम्पादक : श्रीराम प्रसाद  रौनियार

सोसल मिडिया

Facebook
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर

© 2022 -Pardafas Daily - All Rights Reserved.

You cannot copy content of this page

Javascript not detected. Javascript required for this site to function. Please enable it in your browser settings and refresh this page.