"अन्याय अत्याचार र भ्रष्टचार विरुद्ध निरन्तर प्रहार"

Pardafas Daily
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
TRENDING
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
Pardafas Daily
No Result
View All Result

भगवान् शिव, साउन र सोमबार

पर्दाफास संवाददाता
पर्दाफास संवाददाता
२०८२ श्रावण १९, सोमबार १६:१८ गते
भगवान् शिव, साउन र सोमबार

पुष्पप्रसाद ढुंगाना /
जब साउन महिना सुरु हुन्छ अनि विशेषगरी सोमबारले तान्ने गर्छ । यो यस्तो महिना हो जताततै हरित (हरियोको रूप र रङ)ले मानिसलाई आकर्षित गर्छ । उजाड भएका भूमिहरू पनि हरियाली बन्ने प्राकृतिक परिवेशले गर्दा यो साउन महिना विशेष हुन्छ ।
साउन महिनामा पर्ने सोमबार शिवको परम प्रिय बार हो । त्यसकारण पनि साउन महिनालाई शिव महिनाको रूपमा पनि मानिन्छ । यो महिनाभर नै महादेवको पूजन हुन्छ । साउन मासको सोमबार विधिपूर्वक व्रत र उपसना बसी शिवको दर्शन, पूजा, जल अभिषेक, रुद्राभिषेक गर्दा प्रसन्न भएर वरदान दिनुहुन्छ भन्ने कुरा शिव महापुराणमा उल्लेख गरिएको छ । साउनको सोमबार व्रत बसी उपासना गर्दा यो लोकमा परम आनन्द प्राप्त भई परन्तु परलोकको मोक्ष हुने भनी शास्त्रहरूमा उल्लेख छ ।
तिरो भाव वायुमा र अनुग्रह चाहिँ आकाशमा हुन्छ । बाँकी चार तत्त्व पृथ्वी तत्त्वबाट सृष्टि हुने स्थिति या जीवन रक्षा जलबाट हुने वायु सबैको प्राण सञ्चालन गर्ने अग्नि सबैलाई संहार गर्ने यी चार तत्त्वलाई शब्दबह्मा आकाश रूपले अनुग्रहित गराइएको हुन्छ । यी पाँच मुख्य कार्य सञ्चालनका लागि नै शिव भगवान्को पाँच मुख भएका हुन् । चार दिशामा चार मुख र पाँचौं मुख चाहिँ यी सबैको बीचमा छन् ।
जीव र जगत् ईश्वर र नश्वर सबै यसैमा छन् । शिव ब्रह्म हुन्, शिव सद्गुरु हुन्, शिव शम्भु हुन्, शिव स्वयम्भू हुन जस्को शक्ति अनन्त छ । भोक, तृप्ति र मुक्ति दाता नै उनै शिव हुन् । उनै शिवको परम प्रिय महिना साउन महिना पर्दछ । सोमबारको चन्द्र उपासनाले लक्ष्मी प्राप्ति भई भोग ऐश्वर्य प्राप्ति गर्नको लागि पनि साउन र विशेषगरी सोमबारको व्रत बस्दा अत्यन्त फलदायी हुनेछ ।
साउन महिना सोमबार व्रत बस्नाले तन, मन र धन शुद्ध हुँदै जान्छ । पर्व विशेष धर्म र आफूले गरेका कर्मले अधिकभन्दा अधिक फल दिनेछन् । व्रत र पूजाको अनुष्ठान, विधि, प्रक्रिया फरकफरक हुन्छन् । जो शास्त्रअनुसार नै गर्नुपर्दछ । मुख्य कुरा तपबाट उपासना गरी व्रत बसी भगवान् शिवलाई खुसी पार्न सकिन्छ । भगवान् शिवले दायाँतर्पmका हातमा उज्ज्वलशुल, बन्चरो, वज्र, खड्ग र अग्निलाई लिनु भएको छ भने बायाँतर्फको हातमा उज्ज्वल पिनाक, नारचघण्ट, पास र अंकुशलाई लिनु भएको छ ।
शिवको कृपा भएपछि मानिसमा लोभ, मोह, क्रोध, रिस र वैमनश्यता स्वतः हटेर जानेछ। त्यसैले साउन र सोमबार शिवको आराधना, उपासना, जप, तप, होम, होमादी ध्यान गरी शिवलाई प्रसन्न पार्न सकिन्छ।
कण्ठदेखि माथि निधारसम्मको भाग शान्त कलाले व्याप्त हुनुहुन्छ भनी शिव महापुराणमा वर्णन गरिएको छ । ईशान शिवको मूसर्तको मुकुट हो । पुरुष अर्थात् तत्पुरुष उहाँको पुरातन मुख हो । अघोर हृदयी हो । वामदेव गुह्य हो । अनि सधोजात चाहिँ उहाँको चरण हो । यसरी उहाँको मूर्ति पञ्चबह्ममय बनेको छ ।
ब्रह्मा, विष्णु र रुद्रमा जीवन्त छ । त्यसैले उहाँलाई परमब्रह्मा परमेश्वर भनिएको हो । जीवको कल्याणको लागि उहाँले विभिन्न रूप धारण गरेर विभिन्न लीला गर्नुहुन्छ भनी कैलाशसंहिताअन्तर्गत शिव ध्यान पूजनको सातौं अध्यायमा बताइएको छ ।
बह्मा, विष्णु, महेश्वर भई तीन मूर्तिका एकै मूर्ति रही सम्पूर्ण प्राणी जगत्को कल्याण गर्ने भगवान् शिव यो साउन महिनामा विभिन्न शिवालयहरूमा विराट स्वरूपसहित विराजमान हुनुहुन्छ । जुन कुरा श्री शिव महापुराणमा वर्णन गरिएको पाइन्छ । श्री शिव महापुराणमा सातौं वायावीय संहिताअन्तर्गत पूर्वखण्डमा तपस्या वर्णनक्रममा ओम नमः शिवायको बारेमा बताइएको छ ।
शिवको वाचकमन्त्र ओम नमः शिवायको बारेमा ओमकारसहितका ७ करोड अरू मन्त्र त्यही पञ्चाक्षरी मन्त्रमै विलिन हुन्छन् र फेरि त्यसैबाट निस्कन्छ । त्यसकारण यो मन्त्र निकै शक्तिशाली छन् ।
मोक्ष प्राप्ति गर्नको लागि यो मन्त्र जप गर्दा शिवत्व प्राप्त हुन्छ । शिवको कृपा भएपछि मानिसमा लोभ, मोह, क्रोध, रिस र वैमनश्यता स्वतः हटेर जानेछ । त्यसैले साउन र सोमबार शिवको आराधना, उपासना, जप, तप, होम, होमादी ध्यान गरी शिवलाई प्रसन्न पार्न सकिन्छ । अन्नपूर्ण

Previous Post

आम उधोग बाणिज्य संघको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Next Post

कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, करिब ५६ हजारले ल्याए उत्कृष्ट जीपीए

Next Post
कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, करिब ५६ हजारले ल्याए उत्कृष्ट जीपीए

कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, करिब ५६ हजारले ल्याए उत्कृष्ट जीपीए

प्रतिक्रिया दिनुहोस् !

यो वेबसाइट पर्दाफास मिडिया प्रा.लि.को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको राजनीति, व्यापार, अन्तरवार्ता तथा विचार लगायत समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद तथा खोजमुलक सत्य, तथ्य र निष्पक्ष तरीकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेटदछ्।

 

         पर्दाफास मिडिया प्रा.लि.
वीरगंज महानगरपालिका वडा नं. ११, पर्सा
सूचना विभाग दर्ता नं.: ३८१४/२०७९/०८०
सम्पर्क नम्बर :  ९८५५०३९२६६
इमेल: pardafasdaily@gmail.com

 

                 हाम्रो टिम
संचालक/सम्पादक : राघव साह

सम्पादक : श्रीराम प्रसाद  रौनियार

सोसल मिडिया

Facebook
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर

© 2022 -Pardafas Daily - All Rights Reserved.

You cannot copy content of this page

Javascript not detected. Javascript required for this site to function. Please enable it in your browser settings and refresh this page.