नेकपा एमाले मधेश प्रदेश कमिटिका सदस्य प्रधुमन चौहान पर्सा जिल्लाको लागी नयाँ नाम भने पक्कै पनि होईन । स्व. बुवा मुक्तिनारायण चौहान र स्व. आमा रामदुलारी चौहानको दाम्पत्य जीवनबाट २०२३ सालमा जन्मेका चौहान अहिले पर्साको पोखरिया नगरपालिकाका नगर प्रमुख (मेयर) हुनुहुन्छ । २०४० सालमा श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार उच्च माध्यमिक विद्यालय पोखरियाबाट एस.एल.सी उतीर्ण गरि भारतको रक्सौलबाट आर्ट संकायमा आई.ए. गरेर मोतिहारीको एल.एन.डी. कलेजबाट बी.ए. अनर्स सम्मको अध्ययन गरेका चौहान आफ्नो बुवाआमाको तीन सन्तानमध्ये दिदीभन्दा सानो र दुई भाई मध्येको जेठो छोरा हुन् । मेयर चौहानका हजुरबुवा स्व. बाबुलाल महतो चौहान पञ्चायतकालमा पोखरिया गाउं पञ्चायतको अध्यक्ष रही करिब २५ वर्ष र बुवा स्व. मुक्ति नारायण चौहान पनि प्रधानपञ्च पदमा करिब २५ वर्ष रही जनताको सेवा गरेका थिए ।
प्रजातन्त्र यता काका राजेन्द्र प्रसाद चौहान २०४८/०४९ को सोही गा.वि.सको अध्यक्षमा निर्वाचित भई समाज सेवा गरे । प्रजातन्त्र स्थापना पछि २०५४ सालमा भएको दोस्रो चरणको स्थानीय निर्वाचनमा सोही गा.वि.स.को अध्यक्ष पदमा आफू निर्वाचित भएको मेयर चौहान बताउँछन् । २०५८ साल देखि पोखरिया माध्यमिक विद्यालयको दुई पटक सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएका चौहानले ग्रामीण भेगमा पर्ने यस विद्यालयलाई आफनै कार्यकालमा उच्च विद्यालयमा स्थापना/विकास गराई प्लस टु सम्म कक्षा सञ्चालन गराए । २०४७ सालमा भारतको मोतिहारीमा अध्ययनरत रहेको बेलादेखि नै अखिल विद्यार्थी परिषद् संघमा सक्रिय रही राजनीतिमा लागेका चौहान २०५८ देखि दुई पटक प्रजातान्त्रिक राष्ट्रिय युवा संघको पर्सा जिल्ला अध्यक्ष समेत हुंदै त्यही समयमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य र सचिवालय सदस्य पदमा पनि काम गरे । हजुर बुवाकै पालादेखि सामाजिक, राजनीतिक क्षेत्रमा दिईएको योगदानकै कारण २०६४ सालको निर्वाचनमा पर्सा क्षेत्र नं. ४ बाट संविधान सभा सदस्य/प्रतिनिधी सभा सदस्य पदमा समेत निर्वाचित भए । त्यसपछि लगातार दुई पटकको निर्वाचनमा असफल भए पनि २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा पोखरिया नगरपालिकाको मेयर पदमा निर्वाचित भएर एक वर्षको अवधीमा के–के कामहरु गरे भन्ने विषयमा केन्द्रित रही उनै मेयर चौहान संग पर्दाफास डेलीडटकमको बलिराम यादवले गरेको कुराकानीको सम्पादित अंश जस्ताको त्यस्तै :-
वर्तमान समयमा पोखरिया नगरपालिकाको विकास निर्माणको अवस्था कस्तो छ ?
पोखरिया नगरपालिकाको विकास चरणबद्ध रुपमा अगाडि बढ्दै छ । वडा नं. १ देखि वडा १० नम्बर सम्म बिनियोजित भएको बजेटको काम धमाधम भईरहेको छ । नगरस्तरीय बजेट पनि टेण्डर भईसकेको अवस्था छ । केही समय प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिको कारण काम सुरु भएको थिएन, तर अब त्यो काम पनि प्रारम्भ हुदैछ ।
अहिले सडकपेटी मै बजार लाग्ने अवस्था छ । जग्गा खाली भयो भने बजार बिस्तार संगै विभिन्न कार्यालयहरु संचालन हुन्छ । बजार बिस्तार संगै व्यापार व्यवासाय बढ्दै यहांका जनताहरुलाई हरेक सुविधा उपलब्धताको साथै रोजगारी पनि सृजना हुन्छ ।
यहाँ निर्वाचित हुनु भएको एक वर्ष बित्न लाग्यो, विगतको सरकारले गरेको काम भन्दा यहाँको नेतृत्वमा यो अवधीमा आम नागरिकले अनुभूति गर्न सक्ने के कस्तो विकास निर्माणका कामहरु भएका छन् वा हुँदैछ ?
परिवर्तन देखिएको छ । विगतका स्थानीय सरकारले गाउँघरमा नाला निर्माण गरेको देखिन्छ । त्यतिबेला शिक्षा, स्वास्थ्य र सहरी योजना प्रति केही रुचि थिएन । निर्माणको कार्य त निरन्तर भईरहन्छ । निर्माण कार्यलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य र शहरी योजनालाई प्राथमिकता दिईएको छ ।
अबको पहलले पोखरिया अस्पताल १०० बेड बृद्धि भई जिल्ला अस्पतालमा रुपान्तरण हुन्छ । त्यो भयो भने बजेट पनि राम्ररी आउँछ र डाक्टरहरुको संख्या पनि बढेर जान्छ । तर अहिले पनि अस्पतालले राम्रो सेवा दिईरहेको छ । केही नर्सहरुको आपूर्ति थियो, त्यो सबै पूर्ति गरिसक्या छौं ।
पोखरिया नगरपालिकाको लागि शहरी योजना (टाउन प्लानिङ्ग) मुल विषयबस्तु भएकोले त्यसमा बढी ध्यान दिएको छु । जसको प्रशासनिक, कागजाती र कार्यालय संचालनको काम भईसकेको छ । शहरी योजनाको अडकेको काम एक हप्ताकै अन्तरालमा सुचारु हुने विश्वास लिएको छु ।
शहरी योजना (टाउन प्लानिङ्ग) के हो ? यसले यहाँको नागरिकको जीवनमा के कस्तो परिवर्तन ल्याउँछ ?
टाउन प्लानिङ्गको लागि अतिक्रमित ५२ बिगहा जग्गा निकाल्न २०३९ सालदेखि नै सुरु गरिएको तर पेन्डिङ्ग नै थियो । अहिले समिति बनेर नाप नक्सा बनेको छ । केही समयमै लालपूर्जा ल्याउने र अतिक्रमित जग्गा खाली गर्ने प्रक्रिया सुरु हनेछ । अहिले सडकपेटी मै बजार लाग्ने अवस्था छ । जग्गा खाली भयो भने बजार बिस्तार संगै विभिन्न कार्यालयहरु संचालन हुन्छ । बजार बिस्तार संगै व्यापार व्यवासाय बढ्दै यहांका जनताहरुलाई हरेक सुविधा उपलब्धताको साथै रोजगारी पनि सृजना हुन्छ । व्यापार व्यवसाय र रोजगारी भए आर्थिक उन्नती प्रगति हुन्छ ।
यहाँ निर्वाचित भएर आईसकेपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा के कस्तो परिवर्तन भएको छ ?
मानवीय समाज अथवा विधार्थीहरुको भविष्यको निम्ति शिक्षा क्षेत्रको विकासको लागि विशेष जोड दिएको छु । विद्यालयमा कमी भएका डेक्स, बेन्च जस्ता पूर्वाधारलाई पूर्ति गरिएको छ । विद्यालयहरुमा भएको शिक्षक आपूर्तिको समस्यलाई पदपूर्ति गर्दै गुणस्तरीय र मितव्ययी वातावरणमा पढ्ने वातावरण बनाईएको छ । व्यवस्थापन समितिको कार्य प्रारम्भलाई अगाडी बढाएको छु । अधिकांश विद्यालयमा करारवाला शिक्षक नै प्रधानाध्यापक थिए । त्यहाँ स्थायी शिक्षकलाई प्रधानाध्यापक बनाइएको छ । यही महिना भित्रै दरबन्दी मिलान हुँदैछ, अझै आपूर्ति भएका पदहरु पूर्ति गरिने छ । विद्यालयले पढाउने कार्यमा कही कुनै लापरवाही वा अन्य कुनै कमीकमजोरी भईरहेको छ कि भने कुरालाई ध्यानमा राखी निरन्तर विद्यालयहरुमा अनुगमन हुँदै आएको छ । तर कही पनि कुनै किसिमको कमी देखिएको छैन् ।
मलाई नै ठेक्का दिनुपर्ने सबैको चाहना हुन्छ । त्यो त सम्भव छैन नि । त्यसको लागि चार सय योजना सिद्ध हुनुपर्छ । मैले शहरी योजना, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा नगर स्तरको बजेट राखिसके । यसपालि नगरस्तरीय बजेटबाट भौतिक पूर्वाधारमा कमै बजेट छ । सरकारले पनि बजेट काटिसक्यो । वडामा बिनियोजित भएको बजेट पूर्वाधारमा गईसकेको छ । वडामा त सबै काम उपभोक्ता समितिकै माध्यमबाट हुन्छ ।
अहिलेको आधुनिक समयमा पोखरिया माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठन–पाठनको लागि त्यहाँको व्यवस्थापन समितिले निर्णय गरिसकेको छ । अंग्रेजी माध्यमबाट पनि पठन–पाठन सुरु हुन्छ । अन्य विद्यालयहरुमा चरणबद्ध रुपमा अंग्रेजी माध्यमबाट पढाउने कार्यलाई सुरु गर्दै जाने लक्ष्य रहेको छ ।
यस्तै, पोखरिया अस्पताल १०० वेड बृद्धि गरि जिल्ला अस्पतालमा रुपान्तरण गर्नको लागि १० औं पटक काठमाडौं गईसकेका छौ । केन्द्रको अस्थिर सरकारको कारण हुन सकेको छैन् । तर यो प्रक्रिया भने अन्तिम चरणमा पुगिसकेको छ । अबको पहलले पोखरिया अस्पताल १०० बेड बृद्धि भई जिल्ला अस्पतालमा रुपान्तरण हुन्छ । त्यो भयो भने बजेट पनि राम्ररी आउँछ र डाक्टरहरुको संख्या पनि बढेर जान्छ । तर अहिले पनि अस्पतालले राम्रो सेवा दिईरहेको छ । केही नर्सहरुको आपूर्ति थियो, त्यो सबै पूर्ति गरिसक्या छौं । स्थायी डाक्टरलाई मेडिकल सुपरिटेन्डेन्ट बनाएका छौं । वहाँ दिनरात खटेर बिरामीहरुलाई स्तरी उपचार/सेवा दिदै हुनुहुन्छ । पोखरिया अस्पतालमा पोखरिया नगरपालिकाको मात्रै बिरामीहरु नआई पर्सा जिल्लाको ग्रामीण भेगका प्रायः अधिकांश बिरामीहरु यहां आउने गरेका छन् । दिनहु सयकडौंको संख्यामा बिरामीहरु आई उपचार गराउँदै आएका छन् ।
कतिपय पालिकाहरुमा कागज मै दिवा खाजा संचालन गरि हिनामिना गरेको जनगुनासो व्याप्त छ ? यहाँको पालिकाका मातहत रहेका विद्यालयहरुमा दिवा खाजा संचालनको अवस्था कस्तो छ ?
पहिला दिवा खाजा संचालनमा कमी कमजोरी थियो । शिक्षा प्रमुख बिजय झा जीले त्यती समय नदिनु भएको कारण मैले अर्को एक जना मिहनेती बिनोद चौहानलाई सहायक प्रमुखको जिम्मेवारी दिए । जसले प्रत्येक दिन विद्यालयमा घुमेर अनुगमन गर्ने गर्नुहुन्छ । पहिला २५ जना उपस्थित भएका विद्यार्थीहरुको सट्टा ५०/१०० जना विद्यार्थीको उपस्थिति बनाएर खाजा खुवाउने जुन प्रवृति थियो, त्यो अहिले हटेको छ । अहिले उपस्थित भएका विद्यार्थीहरु भन्दा बढिमा ५/१० जनाको बढिको खाजा बनाएर खुवाउने काम भईरहेको छ । तसर्थः वास्तविक उपस्थित विद्यार्थी संख्या भन्दा बढी देखाएर कमाउने प्रवृतिको अन्त्य भएको छ ।
पोखरियामा दुई/चार जना कृषि बिज्ञ पनि हुनुहुन्छ । एउटा सर्वपक्षीय बैठक राखेर यहाँका कृषकहरुको आवश्यकता लगायतका विषय बारे छलफल गरि कृषि व्यवसायिकरण गरेर कसरी बढी भन्दा बढी संख्यामा रोजगार सृजना गर्न सकिन्छ । त्यस्तो मास्टर प्लान बनाएर आगामी नगर परिषद्बाट बजेट बिनियोजन गर्ने योजना रहेको छ ।
केही ठाउँमा सडक र नाला बाहेक अरु खासै काम नभएको जनगुनासो छ नि ?
पहिला देखि नै अधुरो र अपूर्ण भएका सडक र नालाको कामलाई त पुरा गर्नुपर्छ नि ? प्रत्येक वडा, प्रत्येक बस्तीमा सडक र नालाको विकास हुँदैन भने आम नागरिकलाई विकासको अनुभूति कसरी हुन्छ ? भौतिक पूर्वाधार संग–संगै शिक्षा, स्वास्थ्य क्षेत्रको विकास पनि एकदमै जरुरी नै छ । पोखरिया अस्पतालमा पोखरिया नगरपालिकाको मात्रै बिरामीहरु नआई पर्सा जिल्लाको ग्रामीण भेगका प्रायः अधिकांश बिरामीहरु यही आउने गरेका छन् । त्यस अनुसार हरेक सामानको व्यवस्थापन नगरपालिकाले गर्ने गरेको छ ।
नगरपालिकाले करोडौंको योजना लुकाएर गोप्य सूचना प्रकाशित गरेको आरोप लगाउँदै निर्माण व्यवसायी संघ पर्साले आपत्ती जनाएको थियो ? वास्तविकता के हो ?
मैले सम्पूर्ण ठेक्केदारहरुलाई राखेर मिटिङ्ग पनि गराएको थिए । मलाई नै ठेक्का दिनुपर्ने सबैको चाहना हुन्छ । त्यो त सम्भव छैन नि । त्यसको लागि चार सय योजना सिद्ध हुनुपर्छ । मैले शहरी योजना, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा नगर स्तरको बजेट राखिसके । यसपालि नगरस्तरीय बजेटबाट भौतिक पूर्वाधारमा कमै बजेट छ । सरकारले पनि बजेट काटिसक्यो । वडामा बिनियोजित भएको बजेट पूर्वाधारमा गईसकेको छ । वडामा त सबै काम उपभोक्ता समितिकै माध्यमबाट हुन्छ ।
यसपालि प्रत्येक वडामा एक/दुई वटा बोरिङ्ग व्यवस्था मिलाउने सोंच रहेको छ । धान खेतीको लागि उन्नत जातका बिउबिजन एक हप्ताभित्रैमा पोखरिया नगरपालिकामा आउँदैछ ।
नगरस्तरीय भएको दुई/अढाई करोड बजेटको प्रक्रिया पुरा गरेर टेण्डर भईसकेको छ । केही विपक्षीहरुले हल्ला फिजाई गोप्य सूचना भनि नगरपालिकालाई बदनाम गर्दैछन्, त्यो सही होईन । आफु र आफ्ना आसेपासेलाई ठेक्का नपाए पछि अनाववश्यक हल्ला फिजाउनु सुहाउने कुरा होईन । बीचमा चुनाव भयो, त्यसमा पनि दुई महिना कार्यालय हाकिम बिहिन रहयो । त्यसकारण समयमा काम हुन सकेन् । अहिले बल्ल टेण्डर प्रक्रिया पुरा गरेर साना प्रोजेक्टहरु छन्, एक महिना मै सबै काम सकिन्छ ।
अहिलेको आधुनिकतासंग कृषकले कम लगानीमा बढि उ्रत्पादन गर्न सक्ने के कस्तो योजना ल्याएर कार्यन्वयन गरिएको छ ?
माथिबाट कृषिमा एकदमै न्युन बजेट आएको छ । हामीले पनि त्यस्तो खासै योजना ल्याएका छैनौं । अहिले त एक वर्ष मात्रै भयो । पोखरियामा दुई/चार जना कृषि बिज्ञ पनि हुनुहुन्छ । एउटा सर्वपक्षीय बैठक राखेर यहाँका कृषकहरुको आवश्यकता लगायतका विषय बारे छलफल गरि कृषि व्यवसायिकरण गरेर कसरी बढी भन्दा बढी संख्यामा रोजगार सृजना गर्न सकिन्छ । त्यस्तो मास्टर प्लान बनाएर आगामी नगर परिषद्बाट बजेट बिनियोजन गर्ने योजना रहेको छ । तैपनि हामी संग कृषि क्षेत्रमा भएको बजेटबाट मल, विउ, कृषि सामग्री लगायतका सामानहरु बितरण गरिएको छ ।
मैले रिङ्ग रोडको परिकल्पना गरेको छु । सेवक केन्द्र हुनुपर्छ, यसमा मेरो ध्यान केन्द्रित छ । स्मार्ट सिटी घोषणा गरिसक्या छ, तर सरकारले त्यो अनुसार पैसा पठाईरहेको छैन् ।
मल, खाद्यको उपलब्धतामा त नेपाल सरकारले पनि अभाव देखाएको थियो । अभावको बेला कृषकहरुले भारतबाट मल, खाद्य ल्याई खेतीपाती गरे । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत नहर सफाई गरि सिचाईको सुबिधा दिइएको छ । यसपालि प्रत्येक वडामा एक/दुई वटा बोरिङ्ग व्यवस्था मिलाउने सोंच रहेको छ । धान खेतीको लागि उन्नत जातका बिउबिजन एक हप्ताभित्रैमा पोखरिया नगरपालिकामा आउँदैछ ।
आगामी वर्षको लागि हुने नगर सभामा यहाँको मुख्य प्राथमिकता के मा हुनेछ ?
शहरी योजना, शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, सिचाई, बजारको व्यवस्थापन, सरसफाई लगायतका योजनालाई प्राथमिकता दिईनेछ । मैले रिङ्ग रोडको परिकल्पना गरेको छु । सेवक केन्द्र हुनुपर्छ, यसमा मेरो ध्यान केन्द्रित छ । स्मार्ट सिटी घोषणा गरिसक्या छ, तर सरकारले त्यो अनुसार पैसा पठाईरहेको छैन् । यसमा जोड दिईने छ । सेवा केन्द्रको प्रक्रिया अगाडी बढिसकेको छ । सेवा केन्द्र दिईयो भने बजेट छुट्याउनु पर्नेहुन्छ । तर अहिले बजेटकै अभाव देखिएको छ । तसर्थः पोखरियालाई स्मार्ट सिटी बनाउने योजना अन्तर्गत काम भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस् !