"अन्याय अत्याचार र भ्रष्टचार विरुद्ध निरन्तर प्रहार"

Pardafas Daily
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
TRENDING
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
Pardafas Daily
No Result
View All Result

सिर्सिया सुक्खा बन्दरगाह भन्सारलाई राजस्व लक्ष्य भेट्टाउन सकस

पर्दाफास संवाददाता
पर्दाफास संवाददाता
२०८२ जेष्ठ ४, आईतवार १८:०४ गते
सिर्सिया सुक्खा बन्दरगाह भन्सारलाई राजस्व लक्ष्य भेट्टाउन सकस

पर्सा ४ जेष्ठ । आर्थिक वर्ष सकिन २ महिना मात्र बाँकी रहदा सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई राजस्व लक्ष्य भेट्टाउन सकस हुँदै गएको छ । पछिल्लो २ महिनामा अघिल्ला महिनाभन्दा पनि कम राजस्व संकलन गरेपछि यो भन्सारले चालु आर्थिक व र्षको राजस्व असुलीको लक्ष्य भेट्टाउन असम्भव प्रायः देखिएको छ ।
वैशाख महिनामा लक्ष्यको ८४ दशमलव ७६ प्रतिशत मात्र राजस्व भन्सारले संकलन गर्न सकेको छ । यस महिनामा ५ अर्ब १२ करोड ६५ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य रहेकोमा ४ अर्ब ३५ करोड रुपैयाँ मात्र राजस्व असुली भएको छ ।
चैत महिनामा यो भन्सारले लक्ष्यको ८४ दशमलव ८९ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको थियो । यो महिनामा ५ अर्ब ३० करोड ४९ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा ४ अर्ब ५० करोड ६९ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको थियो ।
समग्रमा चालु आवको वैशाख मसान्तसम्ममा ४९ अर्ब २१ करोड रुपैया राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८३ दशमलव ६८ प्रतिशत अर्थात ४१ अर्ब १८ करोड ११ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको छ ।
फागुन र माघ महिनामा यो भन्सारले मासिक लक्ष्यको करिब ९३ प्रतिशत राजस्व असुली गरेको थियो । फागुनमा ५ अर्ब ७ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य रहेकोमा ४ अर्ब ६८ करोड रुपैयाँ संकलन भएको थियो । माघमा ४ अर्ब ६२ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य रहेकोमा ४ अर्ब २९ करोड रुपैयाँ राजस्व असुली भएको थियो ।
चालु आवका लागि यो भन्सारले ६० अर्ब ४ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएको छ । वैशाख महिना सम्ममा वार्षिक लक्ष्यको ६८ दशमलव ५८ प्रतिशत मात्र राजस्व भन्सारले असुली गर्न सकेको छ । गत आवको वैशाख महिनासम्मको अवधिमा भने यो भन्सारले ४० अर्ब ३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । तुनलात्मक रूपमा हेर्दा गत आवको वैशाख महिनासम्मको अवधिको तुलनामा चालु आवको वैशाख महिनासम्ममा यो भन्सारले १ अर्ब ४२ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।
भन्सार प्रमुख धनबहादुर बरुवाल तुलनात्मक रूपमा चैत र वैशाख महिनामा अघिल्ला महिनाभन्दा राजस्व असुलीको लक्ष्य बढेकाले असुली कम देखिन गएको बताउँछन् । लक्ष्य बढे पनि त्यसअनुरूपको आयात निर्यात व्यापार नबढ्दा त्यसले राजस्व असुलीमा प्रत्यक्ष प्रभाव पर्न जानेको उनको भनाइ छ ।
यो भन्सारको राजस्व असुलीमा सबैभन्दा बढी योगदान दिने वस्तुहरूमा फलामजन्य वस्तु, मदिरा र कोइला रहेकोमा यी वस्तुको आयात नै घट्दो क्रममा रहेकाले त्यसले राजस्व असुलीमा नकारात्मक प्रभाव पर्न गएको पनि उनले बताए । ईकान्तिपुर

Previous Post

मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमारसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

Next Post

सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा स्थानिय तहको भुमिका विषयक कार्यक्रम सम्पन्न

Next Post
सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा स्थानिय तहको भुमिका विषयक कार्यक्रम सम्पन्न

सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा स्थानिय तहको भुमिका विषयक कार्यक्रम सम्पन्न

प्रतिक्रिया दिनुहोस् !

यो वेबसाइट पर्दाफास मिडिया प्रा.लि.को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको राजनीति, व्यापार, अन्तरवार्ता तथा विचार लगायत समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद तथा खोजमुलक सत्य, तथ्य र निष्पक्ष तरीकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेटदछ्।

 

         पर्दाफास मिडिया प्रा.लि.
वीरगंज महानगरपालिका वडा नं. ११, पर्सा
सूचना विभाग दर्ता नं.: ३८१४/२०७९/०८०
सम्पर्क नम्बर :  ९८५५०३९२६६
इमेल: pardafasdaily@gmail.com

 

                 हाम्रो टिम
संचालक/सम्पादक : राघव साह

सम्पादक : श्रीराम प्रसाद  रौनियार

सोसल मिडिया

Facebook
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर

© 2022 -Pardafas Daily - All Rights Reserved.

You cannot copy content of this page

Javascript not detected. Javascript required for this site to function. Please enable it in your browser settings and refresh this page.