"अन्याय अत्याचार र भ्रष्टचार विरुद्ध निरन्तर प्रहार"

Pardafas Daily
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
TRENDING
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
Pardafas Daily
No Result
View All Result

राष्ट्रिय आविष्कार केन्द्रले आविष्कार गर्‍यो फिस इन्क्युवेटर र अक्सिजन एरिएसन मिक्सिङ टावर

पर्दाफास संवाददाता
पर्दाफास संवाददाता
२०८२ बैशाख २८, आईतवार १८:३१ गते
राष्ट्रिय आविष्कार केन्द्रले आविष्कार गर्‍यो फिस इन्क्युवेटर र अक्सिजन एरिएसन मिक्सिङ टावर

पर्सा २८ बैशाख । राष्ट्रिय आविष्कार केन्द्र वीरगन्ज कृषि औजार कारखानाले नेपालमै पहिलो पटक फिस इन्क्युवेटर र अक्सिजन एरिएसन मिक्सिङ टावर आविष्कार गरेको छ ।
फिस इन्क्युवेटरले अण्डाबाट भुरा उत्पादन गर्ने र अक्सिजन एरिएसन मिक्सिङ टावरले पानी र हावालाई आपसमा मिलाउने काम गर्छ । केन्द्र वीरगन्ज प्रमुख इन्जिनियर रितेश देवले यी मेशिन नेपालमै पहिलो पटक आविष्कार गरिएको दाबी गरे ।
नेपालमा अहिलेसम्म यी मेशिन आविष्कार भएको थिएन । यहाँ खरिद गर्न पनि पाइँदैन,’ उनले भने, ‘माछा पालक किसानले सोझै भारत वा चीनबाट आयात गर्नुपर्ने अवस्था छ ।’ स्वदेशमै यी मेशिन उत्पादन हुन थालेपछि माछा पालक किसानले लाभ लिनसक्ने उनको भनाइ छ ।
केन्द्रले आविष्कार गरेका २ वटै मेशिन लुथरन वर्ल्ड रिलिफ नेपाल संस्थाले करिब २ साता अघि आफ्नो मत्स्य परियोजना कार्यक्रम अन्तर्गत बारा दोदरपाका एक किसानलाई हस्तान्तरण गरिसकेको इन्जिनियर देवले बताए । ‘लुथरनले केन्द्रलाई १६/१६ वटा गरी ३२ वटा यी मेशिन उत्पादनको अर्डर दिएको छ,’ उनले भने, ‘अन्य मत्स्य पालक किसानले खरिद गर्न चाहे केन्द्रले उत्पादन गरेर बिक्री गर्ने छ ।’
फिस इन्क्युवेटर मेशिनको मूल्य १ लाख १० हजार र अक्सिजन एरिएसन मिक्सिङ टावरको मूल्य ४० हजार रुपैयाँ रहेको उनले बताए । लुथरनले आफ्नो परियोजना अन्तर्गत बाराको सिमरामा कार्यालय स्थापना गरी नेपालमा माछा पालक किसानलाई नयाँ प्रविधिसँग परिचित गराउने र ती प्रविधिलाई स्थापित गराउने प्रयास गरिरहेको छ ।
भारत वा तेश्रो मुलुकबाट यी उपकरण आयात गर्दा लागत बढी हुने, कर बढी लाग्ने र ढुवानी लागत पनि लाग्ने हुँदा किसानलाई स्वदेशमै उत्पादित उपकरण सस्तो र ढुवानी पनि सहज हुने इन्जिनियर देव दाबी गर्छन् । केन्द्रले यी उपकरण स्टेनलिश स्टिल, फलाम, पाइप आदि प्रयोग गरेर उत्पादन गरेको हो ।
फिस इन्क्युवेटर उपकरणको तौल ५० देखि ५५ किलो र अक्सिजन एरिएसन मिक्सिङ टावरको तौल ३० देखि ३५ किलो रहेको छ । यी उपकरण किसानले ट्यांकीमा जडान गरेर वा मोटरले पनि चलाउन सकिने उनले बताए । केन्द्रले एक दिनमा यी मेशिन दुई वटा उत्पादन गर्न सक्छ । ईकान्तिपुर

Previous Post

यमगजले घर भत्काउन थाल्यो

Next Post

युवा संघमा विवाद, पार्टीको निर्णय सच्याउँन युवा नेताहरुको माग

Next Post
युवा संघमा विवाद, पार्टीको निर्णय सच्याउँन युवा नेताहरुको माग

युवा संघमा विवाद, पार्टीको निर्णय सच्याउँन युवा नेताहरुको माग

प्रतिक्रिया दिनुहोस् !

यो वेबसाइट पर्दाफास मिडिया प्रा.लि.को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको राजनीति, व्यापार, अन्तरवार्ता तथा विचार लगायत समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद तथा खोजमुलक सत्य, तथ्य र निष्पक्ष तरीकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेटदछ्।

 

         पर्दाफास मिडिया प्रा.लि.
वीरगंज महानगरपालिका वडा नं. ११, पर्सा
सूचना विभाग दर्ता नं.: ३८१४/२०७९/०८०
सम्पर्क नम्बर :  ९८५५०३९२६६
इमेल: pardafasdaily@gmail.com

 

                 हाम्रो टिम
संचालक/सम्पादक : राघव साह

सम्पादक : श्रीराम प्रसाद  रौनियार

सोसल मिडिया

Facebook
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर

© 2022 -Pardafas Daily - All Rights Reserved.

You cannot copy content of this page

Javascript not detected. Javascript required for this site to function. Please enable it in your browser settings and refresh this page.