वीरगंज । बि.पि.एस प्लस टु कलेजको आयोजनामा सम्पन्न हाजिरी जवाफ प्रतियोगीताका बिजेता विद्यार्थीहरुलाई शुक्रवार सम्मान कार्यक्रम गरिएको छ ।
सो कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष जवाहर प्रसाद गुप्ताले विद्यार्थीहरुमा किताबी ज्ञानका साथै सामान्य ज्ञानमा समेत रुची बढ्दै गएको बताए । उनले अतिरिक्त ज्ञानले सरकारी तथा गैर सरकारी बिभिन्न निकायमा आफुलाई अब्बल साबित गर्न सकिने भएकोले बि.पि.एसले आयोजना गरेको यस प्रकारको कार्यक्रमले विद्यार्थीहरुको जिवनमा राम्रो हौसला मिल्ने बताए ।
पब्लिक ब्रोडकाष्टिङगद्धारा संचालित पब्लिक क्वीजको सहकार्यमा भएको सो हाजिरी जवाफ प्रतियोगितामा ५ वटा समुहमा खेल खेलाईएको थियो । समुह ए देखि ई सम्म एक समुहमा ३ जनाको सहभगीता रहेको थियो । जम्मा १५ सहभागी मध्ये पहिलो हुनेमा ए समुहका विद्यार्थी बिशाल साह कलवार, कृष्णा राउत कुर्मी र साक्षी सरार्फ रहेका छन् । त्यसैगरी दोस्रो हुनेमा बि समुहका विद्यार्थी सिताराम प्र.कुशवाहा, सुमित औझैया र आरती कुमारी, तेस्रो हुनेमा डि समुहका विद्यार्थी सन्जना पटेल, सुमित साह र बिशाल मुखिया भएका थिए ।
बि.पि.एस प्लस टु का एकेडेमीक डाईरेक्टर दिपक पटेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी, कलाकार अजमत अलि अंसारी, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, बि.पि.एस प्लस टु का एच.आर.डाईरेक्टर संदिप कुमार कुशवाहा, बि.पि.एस प्लस टु का डि.आई.आकाश पटेल, शिक्षक अंगद यादव लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् !