"अन्याय अत्याचार र भ्रष्टचार विरुद्ध निरन्तर प्रहार"

Pardafas Daily
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
TRENDING
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
Pardafas Daily
No Result
View All Result

दोस्रो वीरगंज गोल्डकपको उपाधी नेपाल पुलिस क्लबलाई

पर्दाफास संवाददाता
पर्दाफास संवाददाता
२०८१ फाल्गुन २४, शनिबार २०:३४ गते
दोस्रो वीरगंज गोल्डकपको उपाधी नेपाल पुलिस क्लबलाई

वीरगंज । दोस्रो वीरगंज गोल्डकप फुटबल प्रतियोगीताको उपाधी विभागीय टोली नेपाल पुलिस क्लबले हातपार्न सफल भएको छ । आर्दशनगर रंगशालामा शनिवार भएको खेलमा टाईब्रकेरमा नेपाल पुलिस क्लबले ३–० गोलअन्तरले मच्छिन्द्र फुटबल क्लबलाई पराजित गरेको थियो ।
खेलको सुरुमा हाबि देखिएको मच्छिन्द्र फुटबल क्लबले दोस्रो हाफमा कमजोर प्रदर्शन गरेको देखिएको थियो ।
खेलको पहिलो हाफ सम्म एक गोलले अग्रता बनाएको मच्छिन्द्रले दोस्रो हाफमा भने बराबरीमा पुगेको थियो । खेलको ५८ औ मिनेटमा नेपाल पुलिस क्लबका खेलाडी बिकाश विकले गोल गरेर टिमलाई खेलमा फर्काएका थिए ।
खेल निर्धारित समयमा नसक्दा टाईब्रेकरमा गएको थियो । टाईब्रेकरमा नेपाल पुलिस क्लबका कप्तान रामचन्द्र वाजी, खेलाडी संजीव लामा, गोलकिपर अमित टामाटा र उज्जवल राईले हानेका थिए । जसमध्ये राईले हानेको बल पोष्ट भन्दा बाहिर गएको थियो ।
यस्तै टाईब्रेकरमा मच्छिन्द्रका बिशाल तामाङ्ग, दिवाकर चौधरी र समिरराज थोकरले हानेका थिए । जसमध्ये तामाङ्ग र चौधरीले हानेको बल पोष्ट बाहिर गएको थियो भने थोकरले हानेका बल किपरले रोकेका थिए ।
मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगंज गोल्डकप प्रतियोगितामा विजेता टोली नेपाल पुलिस क्लबले नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको थियो ।
यस्तै उपविजेता मच्छिन्द्र फुटबल क्लबले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
फाईनल खेलमा म्यान अफ दि म्याच मच्छिन्द्रका समिरराज थोकर भएका थिए । उनले नगद १० हजार र शिल्ड पाएका थिए ।
यस्तै उत्कृष्ट गोलकिपर नेपाल पुलिसका गोलकिपर अमित टामाटा घोषित भए उनले नगद २० हजार र शिल्ड पाएका थिए ।
यस्तै उत्कृष्ट खेलाडीमा नेपाल पुलिस क्लबका कप्तान रामचन्द्र वाजी घोषित भए । उनले ईलेक्ट्रीक स्कुटी पाएका थिए भने उत्कृष्ट प्रशिक्षक नेपाल पुलिस क्लबका चेतन घिमिरे साबित भए । उनले नगद २० हजार र शिल्ड पाएका थिए ।
प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण तथा विशिष्ट अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले उपाधि विजेता र उपविजेता टिमलाई नगदराशीको पुरस्कार सहित ट्रफी र मेडल प्रदान गरेका थिए ।

Previous Post

बिद्या र आरजुको तारिफ गर्दै प्रभु साहद्वारा ओली र देउवाको आलोचना

Next Post

राजा दल र भोटको राजनीति भन्दा माथि रहने संस्था हो : अध्यक्ष लिङ्देन

Next Post
राजा दल र भोटको राजनीति भन्दा माथि रहने संस्था हो : अध्यक्ष लिङ्देन

राजा दल र भोटको राजनीति भन्दा माथि रहने संस्था हो : अध्यक्ष लिङ्देन

प्रतिक्रिया दिनुहोस् !

यो वेबसाइट पर्दाफास मिडिया प्रा.लि.को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको राजनीति, व्यापार, अन्तरवार्ता तथा विचार लगायत समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद तथा खोजमुलक सत्य, तथ्य र निष्पक्ष तरीकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेटदछ्।

 

         पर्दाफास मिडिया प्रा.लि.
वीरगंज महानगरपालिका वडा नं. ११, पर्सा
सूचना विभाग दर्ता नं.: ३८१४/२०७९/०८०
सम्पर्क नम्बर :  ९८५५०३९२६६
इमेल: pardafasdaily@gmail.com

 

                 हाम्रो टिम
संचालक/सम्पादक : राघव साह

सम्पादक : श्रीराम प्रसाद  रौनियार

सोसल मिडिया

Facebook
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर

© 2022 -Pardafas Daily - All Rights Reserved.

You cannot copy content of this page

Javascript not detected. Javascript required for this site to function. Please enable it in your browser settings and refresh this page.