वीरगंज । दोस्रो वीरगंज गोल्डकप फुटबल प्रतियोगीताको सोमार सम्पन्न तेस्रो खेलमा बागमती फुटबल क्लब सर्लाहीलाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।
आर्दशनगर रंगशालामा जारी खेलमा नेपाल पुलिस क्लबले २–१ गोल अन्तरले बागमती फुटबल क्लब सर्लाहीलाई हराउँदै सेमिफाईनलमा प्रवेश गरेको आयोजकले जनाएको छ ।
सुरु देखि दुबै टिम बिच प्रतिस्पर्धा देखिएको खेलमा पुलिस क्लबले बागमतीको पोष्टमा निरन्तर बल प्रहार गरीरह्यो ।
प्लिसले खेलको १६ औं मिनेटमा आफ्नो पहिलो गोल गरेर अग्रता बनाएको थियो । पुलिसका लागी मनिष सेढाईले पहिलो गोल गरे ।
पुलिसले पहिलो गोल गरेको १० मिनेट पछि खेलको २६ औ मिनेटमा बागमतीले पनि आफ्नो पहिलो गोल गर्दै खेललाई बराबरीमा पु¥याएको थियो ।
त्यसपछि निरन्तर दुबै टिमको खेलाडीमा रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । दोस्रो हाफको आधा समय बितिसक्दा बागमती बिरुद्ध पुलिस आफ्नो दोस्रो गोल ग¥यो ।
खेलको ७७ औ मिनेटमा पुलिसका खेलाडी उज्जवल राईले गोल गरेका थिए । उनले नै गरेको गोल अन्ततः निर्णायक साबित भयो । खेलमा म्यान आफ दि म्याच नेपाल पुलिस क्लबका कप्तान रामचन्द्र वाजी भएका थिए । उनले नगद १० हजार सहित शिल्ड पनि प्राप्त गरेका थिए ।
मंगलबारको खेल मच्छिन्द्र फुटबल क्लब र एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौं बिच प्रतिस्पर्धा हुने जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस् !