वीरगन्ज । चिसो बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा भोलिदेखि जाडो बिदा दिएको छ। शीतलहरसँगै बढ्दै गएको चिसो मौसमलाई मध्यनजर गर्दै महानगरपालिकाले विद्यालयहरूमा ३ दिनका लागि जाडो बिदा दिएको हो।
मंगलबार महानगरपालिकाका शिक्षा अधिकृत हरि राउतले जारी गरेको सूचनामा वर्षे बिदामा कट्टा हुने गरी भोलि पुस २४ गते बुधबारदेखि पुस २६ गते शुक्रबारसम्म वीरगन्ज महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जाडो बिदा दिइएको उल्लेख छ।
तराई–मधेसमा एक साता यता चिसो बढ्दै गएका कारण जनजीवन प्रभावित भएको छ। हुस्सु लाग्नुका साथै शीतलहर पनि चल्न थालेपछि खासगरी वृद्धवृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरूलाई बढी सास्ती भएको छ।
जसका कारण पर्सा जिल्लाका वीरगन्ज महानगरपालिकासहित १२ वटा पालिकाहरूले विद्यालयहरूमा जाडो बिदा दिएका छन्। जिराभवानी र ठोरी गाउँपालिकाले भने अहिलेसम्म जाडो बिदा दिएका छैनन्। अन्नपूर्ण
प्रतिक्रिया दिनुहोस् !