वीरगंज। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बुटवलको आम्दा हस्पिटलमा भएको एउटा घटना सुनाउदाँ चिकित्सकहरु आतंकित बन्न पुगेका छन । जुन लाजमर्दो कुरा हो । कात्तिक ३० गते होटल भिस्वामा सम्पन्न उपभोक्ता हित संरक्षण मञ्च नेपालको केन्द्रिय साधारण सभामा शुभकामना मन्तब्य दिन पुगेका प्रजिअ अर्यालले उपभोक्तालाई प्रोत्साहित गर्न, हामी तपाईहरु संगै छौ आभाष दिनको लागि अर्यालले बुटवलमा हुदा आम्दा हस्पिटलमा घटेको एउटा घटना सुनाए । सो घटनामा एउटा आईमाईको ब्यथा लागि आम्दा हस्पिटलमा भर्ना हुदा करिब ५ किलो ग्रामको एउटा छोराको जन्म भयो । त्यहाँका चिकित्सकले सबै ठिक छन भनी डिस्चार्ज गरे ।
तर अस्वस्थ्य भएको भन्दै त्यसै दिन सो आईमाई पुनः गएर भर्ना भईन । भर्ना भएको केही बेरमै सो पिडित आईमाईको मृत्यु भयो । कारण करीब १ लाख मानिसहरु मध्ये १ जनामा लाग्ने सो रोगका कारण ब्लौड सर्कुलेशन बन्द भई हार्ट अटैक हुदाँ सो पिडित महिलाको मृत्यु हुन पुगेको थियो । त्यहाँका चिकित्सकले राम्रो सँग हेरचाह नगरी हचुवाको भरमा डिस्चार्ज गर्दा सो घटना घटेको परिस्थितीमा मृत्क महिलाको परिवारजनले हस्पिटलमा तोडफोड र चिकित्सक माथि अलि हातपात गरेका थिए । सो सन्र्दभमा त्यहाँका चिकित्सक संघले तोडफोड गर्ने माथि कारवाही गर्न प्रजिअ अर्याललाई दबाब दिए पनि उनी पिडित मृत्क महिलाकै पक्षमा उभेर घटनालाई साम्य पार्न काम गरे । यतिमात्र होइन, अर्यालले झुलंगे पुल, मालपोत र नापी कार्यालयको दुरी करिब ६ किलो मिटर रहेकोले मैले उपभोक्ताहरुको हितका लागि एकै ठाउँमा ल्याएर कार्य सुचारु गराएको सो कार्यक्रममा बताएका थिए । रुपन्देहीमा प्रजिअ अर्याल हुदा एउटा कुशल प्रशासकको जिम्मेवारी सम्हालेर पर्सामा आउदा उनले उपभोक्ताको पक्षमा प्रहरी प्रशासन रहने गरेको उदाहरण प्रस्तुत गर्दा चिकित्सक संघ आतंकित हुनु भन्दा बिरामीहरुलाई राम्रो सेवा सुविधा दिएर प्रसंशनीय कार्य गर्न सचेत नागरिकहरुको भनाई रहेको छ ।
तर नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्की र महासचिव डा. संजीव तिवारीको संयुक्त हस्ताक्षरमा गृह मन्त्री रमेश लेखकलाई ज्ञापन पत्र वुझाउदै प्रजिअ अर्यालको अभिब्यक्तिलाई कानुन पालना गर्ने जिम्मेवार पदाधिकारीको भूमिका सँग मेल नखाने दावी गरेको छ । तर यथार्थमा सो कुरा नभई वीरगंजका केही मेडिकल माफिया र ठग्न पल्केका केही चिकित्सकहरुले प्रजिअ अर्याल पर्सामा भए सम्म आफ्नो ठगी धन्दा नचलने निचोड निकाल्दै अर्यालले भनेको कुरालाई गलत ब्याख्या गरी अफवाह फैलाउने गरेको बुद्धिजिवीहरुको तर्क रहेको छ ।
प्रतिक्रिया दिनुहोस् !