वीरगंज । शिक्षाका लागि दौड नाराका साथ वीरगंजमा म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । राउण्ड टेबल नेपालद्वारा शनिबार आयोजित ‘वीरगंज म्याराथन – शिक्षाका लागि दौड’ सफलतापूर्वक सम्पन्न भएको हो ।
वीरगंज स्थित आदर्शनगर पूरानो बसपार्कबाट सुरु भएको चार किलोमिटर लामो म्याराथनमा नगरका विभिन्न स्थान हुँदै पुनस् पूरानो बसपार्क मै पुगेर सम्पन्न भएको थियो ।
म्याराथनमा अमरनाथ साह प्रथम भए । साह सबैभन्दा छिटो सुरुवाती बिन्दूबाट दौड सुरु गरेर पुनस् पूरानो बसपार्क पुगेका थिए । उनलाई पुरस्कार स्वरूप १० हजार रुपैयाँ प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ । दौडमा सत्रुधन पटेल दोस्रो र आलोक चन्द्र झा तेस्रो भए । उनीहरुलाई क्रमस ५ हजार र २५ सय रुपैयाँबाट पुरस्कृत गरिएको संस्थाका दिपाल खन्नाले जानकारी दिए।
त्यस्तै सान्तावाना पुरस्कार स्वरूप चौथोदेखि आठौँ स्थानमा दौड सम्पन्न गरेका पाँच जनालाई ५ सय रुपैयाँको दरले पुरस्कृत गरिएको उनले बताए ।
विजेताहरुलाई राउण्ड टेबल इन्टरनेशनलका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि जयन्त अग्रवाल, विशिष्ट अतिथि प्रायोजक हिमालयन बैंकका वीरगञ्ज शाखा प्रवन्धक अमर अमात्य, राउण्ड टेबल इन्टरनेशनल आसपा क्षेत्रका प्रमुख सौरभ केडिया, क्षेत्र ३ का संयोजक आरोह मित्तल, वीरगंज फ्रेन्ड्स राउण्ड टेबल – ८ का उपाध्यक्ष मनिष लाठ,उपाध्यक्ष आकाश सरार्फ लगायतले प्रमाणपत्र र पुरस्कार रासी बराबरको चेक हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् !