"अन्याय अत्याचार र भ्रष्टचार विरुद्ध निरन्तर प्रहार"

Pardafas Daily
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
TRENDING
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
Pardafas Daily
No Result
View All Result

दैनिक दुई लाख कमाउने यातायातका अधिकृत रंजित साह माथि अख्तियारद्धारा छानबिन सुरु

पर्दाफास संवाददाता
पर्दाफास संवाददाता
२०८१ आश्विन ७, सोमबार २०:४५ गते
यातायातका भ्रष्ट अधिकृत रंजित साहको एक पछि अर्को कालाकर्तुतहरु बाहिर छताछुल्ल, नियमनकारी निकायहरु मस्त निन्द्रामा !

जितेन्द्र कुमार ।
वीरगंज । दैनिक दुई लाख कमाउन सफल कर्मचारीको रुपमा चिनिने अधिकृत रंजित साह माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले छानबिन प्रक्रिया अगाडि बढाएको छ ।
यातायात व्यवस्था कार्यालय सवारी शाखा मोटरसाईकल फाँटमा कार्यरत्त अधिकृत साहले गरेका कालाकर्तुतहरुको बारेमा प्रमाण सहित यस अनलाईनमा समाचार प्रकाशन भए पछि अख्तियारले छानबिन प्रक्रिया अगाडि बढाएको हो ।
रौतहट यातायात कार्यालयमा भ्रष्ट अधिकृत साहको दरबन्दी रहे पनि उनी काजमा वीरगंजमा आई कानुनलाई खिल्ली उडाउदै “एनी हाउ पैसा कमाउ” अभियानमा जुटेको उनले गरेको कालाकर्तुतहरुको प्रमाणले पुष्टि गरेको छ ।
अधिकृत साहले गाडी धनीको अनुपस्थितिमा पनि ब्लुबुक प्रतिलिपीमा एक हजार देखि दुई हजार सम्म र सनाखत नामसारीमा प्रति ब्लुबुक २ हजार देखि ३ हजार सम्म असुलेर दैनिक सयौं ब्लुबुक प्रतिलिपी र सनाखत नामसारीका काम गर्ने गरेका छन् । भ्रष्ट अधिकृत साहले सनाखत नामसारी गरेको दर्जनौं प्रमाणहरु यस अनलाईन सँग सुरक्षित छ ।
अधिकृत रंजित साहले गरेका सनाखत नामसारी ना ४३ प २१८५, ३५८२, ना ५७ प ६९५३ नम्बरको मोटरसाईकल, स्कूटर लगायतका गाडीहरु र मधेश प्रदेश ०३–०३३ प ३५५३ को मोटरसाईकल वीरगंज भन्सार कार्यालयद्धारा गरिएको लिलामीमा गाडी दर्ता गर्दा अनियमित्त तरिकाले गरेको प्रमाण सहित समाचार प्रकाशमा आईसकेको छ ।
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ को ११.१.८ मा सवारी नामसारी गर्दा अवलम्बन गर्नुपर्ने विषयहरु प्रष्ट रुपमा लेखिएको छ ।
सवारी धनीले आफ्नो सवारी विक्री वा नामसारी गर्नुपरेमा प्रचलित कानुन बमोजिम लाग्ने दस्तुर तिरी सवारी विक्री गर्ने तथा खरिद गर्ने दुबै पक्षको रोहबरमा निम्न अनुसारको प्रक्रिया पुरा गरेको हुनुपर्नेछ । नियमावलीको अनुसुचि –१२ को ढांचामा निवेदन फारम भरी रु. १० को टिकट टांसी कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था रहेको छ ।
सवारी साधन कार्यालयमा अनिवार्य रुपमा ल्याई सवारीको नामसारी गर्दा खरिदकर्ता तथा विक्रीकर्ता दुबै जना कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ । सवारी विक्री गर्ने सवारी धनीले नामसारीका बखत उपस्थित हुन नसक्ने भई सो नामसारी हुने मिति भन्दा अगाडि सवारी धनी कार्यालयमा उपस्थित भई सम्बन्धित श्रेस्ता एवं नामसारी फारममा ल्याप्चे सही छाप सहित सनाखत गर्न कार्यालयमा निवेदन दिएमा सो निवेदन मोनासिव लागेको खण्डमा सम्बन्धित फाँंटका अधिकृतले निजको सक्कल नागरिकता सहितको कागजात हेरी सो व्यवहोरा प्रमाणित गरि दिएको अवस्थामा मात्र सोही सनाखतको आधारमा सनाखतको मितिले ३५ दिन भित्र नामसारी गर्न सकिने व्यवस्था रहेको छ ।

Previous Post

दलितहरुलाई सिप विकास तालिम र रोजगारको व्यास्था सुनिश्चितता गर्नुपर्ने दलित मोर्चाको माग

Next Post

पत्रकारिता बलियो भए मात्र जनताको मुहारमा हाँसो ल्याउन सकिन्छ

Next Post
पत्रकारिता बलियो भए मात्र जनताको मुहारमा हाँसो ल्याउन सकिन्छ

पत्रकारिता बलियो भए मात्र जनताको मुहारमा हाँसो ल्याउन सकिन्छ

प्रतिक्रिया दिनुहोस् !

यो वेबसाइट पर्दाफास मिडिया प्रा.लि.को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको राजनीति, व्यापार, अन्तरवार्ता तथा विचार लगायत समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद तथा खोजमुलक सत्य, तथ्य र निष्पक्ष तरीकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेटदछ्।

 

         पर्दाफास मिडिया प्रा.लि.
वीरगंज महानगरपालिका वडा नं. ११, पर्सा
सूचना विभाग दर्ता नं.: ३८१४/२०७९/०८०
सम्पर्क नम्बर :  ९८५५०३९२६६
इमेल: pardafasdaily@gmail.com

 

                 हाम्रो टिम
संचालक/सम्पादक : राघव साह

सम्पादक : श्रीराम प्रसाद  रौनियार

सोसल मिडिया

Facebook
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर

© 2022 -Pardafas Daily - All Rights Reserved.

You cannot copy content of this page

Javascript not detected. Javascript required for this site to function. Please enable it in your browser settings and refresh this page.