"अन्याय अत्याचार र भ्रष्टचार विरुद्ध निरन्तर प्रहार"

Pardafas Daily
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
TRENDING
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
Pardafas Daily
No Result
View All Result

केराको पानामा ओइलाउने रोग टिआर ४ को निदान विषयक प्रशिक्षण सुरु

पर्दाफास संवाददाता
पर्दाफास संवाददाता
२०८० मंसिर १५, शुक्रबार १५:०२ गते
केराको पानामा ओइलाउने रोग टिआर ४ को निदान विषयक प्रशिक्षण सुरु

काठमाडौं । केराको पानामा ओइलाउने रोग (टि.आर.–४) को निदान विषयक तीन दिने प्रशिक्षण शुक्रवार देखि ललितपुरमा सुरु भएको छ ।
ललितपुरको खुमलटार स्थित राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रको सभाहलमा प्रशिक्षण सुरु भएको हो । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र, बाली क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्रको संयुक्त आयोजना र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको सहयोगमा सो प्रशिक्षण भइरहेको छ ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका नेपाल प्रतिनिधि केन सिमिजुले नेपालमा अकस्मात देखा परेको पाना रोगको टि.आर–४ प्रजातिको निदान र व्यवस्थापनमा नेपाल संगै आकस्मिक सहायता सहित एफएओ पनि सहभागि हुन पाउँदा खुशी लागेको बताए ।
साथै यो तालिमबाट भविष्यमा नेपालको केरा उद्योगलाई जोगाउँन एफएओ, नार्क, कृषि मञ्त्रालय, र अन्य सँस्थाहरुको समन्वयात्मक प्रयास सफल हुने विश्वास व्यक्त गरे । यसैगरी नेपाल सरकारले सुरु गरेको पानामा रोग विरुद्धको यो अभियानमा एफएओ सदा साथमा रहने प्रतिबद्धता उनले व्यक्त गरे ।
नार्कका निमित कार्यकारी निर्देशक लुमानिधि पाण्डेले केराको पानामा लाग्ने ओइलाउँने रोग विरुद्ध सुरु देखि नै नार्कका बैज्ञानिकहरु र समग्र सरकारी टिमले गरेको प्रयास सराहनीय रहेको र यसमा एफएओले समेत सहयोग गरेकोमा धन्यवाद दिए ।
प्रशिक्षणको उदेश्य बारेमा प्रकाश पार्दै राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका बैज्ञानिक डा. रामबहादुर खड्काले समान्यतया पानामा रोगले स्थानीय मालभोग केरालाई क्षति पु¥याउने गरेको तर टि.आर.–४ प्रजातिको प्रवेश पछि नेपालको केरा उद्योगमा ठुलो क्षति पुग्ने आँकलन गरि त्यो क्षतिबाट समयमै केरा जोगाउन अपनाइएका बिभिन्न उपायहरु मध्ये यो तालिमले कृषि प्राविधिकहरुलाई कृषकस्तरमा टि.आर.–४ रेस पत्ता लगाउने तरिका र तिनको व्यवस्थापनका उपलब्ध उपायहरु बारे बिस्तृत प्रशिक्षण दिने बताए ।
राष्ट्रिय बाली संरक्षण संगठनका वरिष्ठ बाली संरक्षण अधिकृत महेशचन्द्र आचार्यले नार्क र संगठनले मिलेर सर्वे, प्रकाशन वितरण, केरा बगैचाको सिमा नियन्त्रण, कृषि सल्लाह, बगैचाको सरसफाई तथा रोकथाम विधि एवं तालिम जस्ता कार्यक्रम गरिएको बताए ।
नार्कका निमित्त कार्यकारी निर्देशक लुमानिधि पाण्डेको अध्यक्षतामा सम्पन्न उदघाटन सत्रमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका कार्यक्रम विशेषज्ञ अर्जुनसिंह थापा, नार्कका बाली तथा बागवानी अनुसन्धान निर्देशक टिकाबहादुर कार्की, नार्कका सेवानिवृत वरिष्ठ बैज्ञानिक डा. रामदेवी तिमिला, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्याय, राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्रका प्रमुख डा.रेशमबाबु अमगाई लगायतको सहभागिता रहेको थियो ।
सो तालीममा बाली संरक्षणमा काम गर्ने नेपाल कृषि अनुसन्धान परिषद (नार्क), बाली क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्र, कृषि क्याम्पसका विद्यार्थीहरु, बिभिन्न प्रादेशिक कार्यालयका प्राविधिकहरु सहित २५ जनाको सहभागिता रहेको राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत बशिष्ठ आचार्यले जानकारी दिए ।
सहभागिहरुलाई डा.रामबहादुर खड्का, डा.रेशमबहादुर अमागाई, विमला पन्त, प्रकाश पौडेल, देवराज अधिकारी, फाजिल डुसुन्सेली, सिजुन जेङ लगायतले प्रशिक्षण दिईरहेका छन् । तालीम ३ दिनसम्म चल्नेछ ।

Previous Post

चाचान ग्रुप प्रदुषण फैलाउदै, सयौं परिवारको स्वास्थ्य जोखिममा

Next Post

पत्रकार स्व. नरेश सर्राफको प्रथम स्मृति सभा सम्पन्न

Next Post
पत्रकार स्व. नरेश सर्राफको प्रथम स्मृति सभा सम्पन्न

पत्रकार स्व. नरेश सर्राफको प्रथम स्मृति सभा सम्पन्न

प्रतिक्रिया दिनुहोस् !

यो वेबसाइट पर्दाफास मिडिया प्रा.लि.को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको राजनीति, व्यापार, अन्तरवार्ता तथा विचार लगायत समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद तथा खोजमुलक सत्य, तथ्य र निष्पक्ष तरीकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेटदछ्।

 

         पर्दाफास मिडिया प्रा.लि.
वीरगंज महानगरपालिका वडा नं. ११, पर्सा
सूचना विभाग दर्ता नं.: ३८१४/२०७९/०८०
सम्पर्क नम्बर :  ९८५५०३९२६६
इमेल: pardafasdaily@gmail.com

 

                 हाम्रो टिम
संचालक/सम्पादक : राघव साह

सम्पादक : श्रीराम प्रसाद  रौनियार

सोसल मिडिया

Facebook
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर

© 2022 -Pardafas Daily - All Rights Reserved.

You cannot copy content of this page

Javascript not detected. Javascript required for this site to function. Please enable it in your browser settings and refresh this page.