काठमाडौं । गीतकार नूतन भुसालको गीती एल्बम नूतन कृतिमा रहेको “कैदी बनाउ मलाई” बोलको गीत भीडियो सहित सार्वजनिक भएको छ ।
संगीतकार सुनिल मास्केको एकल संगीत र गीतकार नुतन भुसालको एकल शब्दमा रहेको एल्बममा बिभिन्न गायक गायिकाहरुले आफ्नो आवाज दिएका छन् ।
कैदी बनाउ बोलको गीतमा गायक विश्व नेपालीको स्वर रहेको छ भने रिकेश गुरुङको संगीत संयोजक रहेको गीतकार भुसालले बताए ।
राज लिम्बुको निर्देशनमा बनेको सो गीतमा प्रकाश श्रेष्ठ एवं विष्णु कट्टेल पराजुलीले अभिनय गरेका छन् ।
ईजरायलको सेरोफेरोमा सन्तोषले बडो कलात्मक ढंगले छायाङ्कन गरी गीतको भिडियोलाई आकर्षक बनाइदिएका छन् ।
गीतकार भुसालले गीतको लेखन देखि छायाँकन हुँदै अन्तिम रुप दिन सबैले सहयोग र मिहिनेत गरेकै कारण दर्शकहरु सामु पुगेकाले दर्शक स्रोताले पनि सो गीतलाई सुनिदिन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस् !