वीरगंज । चालू आर्थिक वर्षको ११ महिना (जेठसम्म)को अवधिमा विदेशबाट १ अर्ब ५७ करोड रुपैयाँको केरा आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार असारदेखि जेठसम्मको अवधिमा उक्त मूल्य बराबरको केरा आयात भएको हो । यस अवधिमा नेपालमा ६ करोड २१ लाख ६३ हजार किलोग्राम केरा आयात भएका भन्सार विभागले जनाएको छ । यसबापत आयातकर्ताले राज्यलाई १९ करोड १२ लाख रुपैयाँ राजश्व बुझाएका छन् ।
नेपाल भित्रिने केरा अधिकांश भारतबाट आउने गरेको छ ।
प्रतिक्रिया दिनुहोस् !