"अन्याय अत्याचार र भ्रष्टचार विरुद्ध निरन्तर प्रहार"

Pardafas Daily
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
TRENDING
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
Pardafas Daily
No Result
View All Result

नार्कले माटोको सुरक्षाका लागि परियोजना सञ्चालन गर्दै

पर्दाफास संवाददाता
पर्दाफास संवाददाता
२०८० भाद्र १६, शनिबार १७:१९ गते
नार्कले माटोको सुरक्षाका लागि परियोजना सञ्चालन गर्दै

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले ‘नेपालमा साना किसानहरूको जीविकोपार्जन र खाद्य सुरक्षा सुधार गर्न माटोबाट हुने रोगहरू न्यूनीकरण’ बार सञ्चालन हुने परियोजनाका बारेमा पहिलो चरणको बैठक शनिवार सम्पन्न गरेको छ ।
नार्क अन्तरगतको राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्र र फिड दी फ्यूचर इनोभेसन ल्याबले संयुक्त रुपमा सो परियोजना सञ्चालन गर्दैछ । माटोमा लागेको विभिन्न रोगका कारण खाद्य सुरक्षामा चुनौती देखिएको भन्दै नार्कले माटोको सुरक्षाका लागि परियोजना सञ्चालन गर्न लागेको हो ।
नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले माटोजन्य रोगको समस्या बढ्दै गइरहेको अवस्थामा यस परियोजनाको प्रतिफलले किसानलाई ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
भट्टराईले माटोजन्य रोगले उत्पादनमा निकै समस्या भईरहेकाले यसको निराकरणका लागि विशेष अध्ययन नै गर्नुपर्ने देखिएकाले यो परियोजना सञ्चालन गरिएको बताए । माटोजन्य रोगका कारण साना किसान निकै मर्कामा पर्ने गरेका छन्, माटोजन्य रोगका बारेमा धेरै कुरा थाहा पनि हुँदैन र त्यसले बालीमा गरेको क्षति ठुलो हुने गरेको भट्टराईले बताए ।
परियोजनाको नेतृत्व गरिरहेका कृषि वैज्ञानिक डा. रामबहादुर खड्काले हालसम्म माटोमा विभिन्न १२ किसिमको रोग फेला परेको बताउँदै त्यसलाई नियन्त्रणका लागि योजनाबद्ध तरिकाले लाग्नुपर्ने बताए ।
‘कतिपय रोग निकै खतरनाक हुन्छन्, त्यो रोग लाग्यो भने बिघाका बिघा बाली नष्ट गर्दिन्छन् तर किसानलाई थाहा पनि हुँदैन’ कृषि बैज्ञानिक खडकाले भने, ‘बालीमा माटोका कारण रोग लागेको हुन्छ तर किसानले बालीको उपचार गरिरहेका हुन्छन्, जसले उपचार गर्दा गर्दै बाली सखाप भइसकेका हुन्छन् ।’
अहिले केरामा देखिएको पानामा रोग माटोजन्य रोग हो तर किसानले थाहा पाएन भने उसले केराको उपचार गर्नतिर लाग्छ तर आफूहरूले समयमा रोग पता लगाएका कारण त्यसलाई नियन्त्रण गर्नतिर लागेको बताए । माटोबाट हुने बिरुवाका रोगजन्य जीवाणु जस्तै ढुसी, निमाटोड र ब्याक्टेरियाल जरा र बिरुवाका अन्य भागहरूमा रोग लगाएर बिरुवालाई सङ्क्रमित गर्ने गरेको खडकाले बताए ।
माटोजन्य रोगले सबैभन्दा बढी प्रभाव तरकारीमा पार्ने गरेको हुनाले तरकारी खेती हुने ठाउँमा विशेष निगरानी गर्ने बताउँदै उनले माटोबाट हुने रोगहरू विशेष गरी चुनौतीपूर्ण हुन्छन् किनभने रोगजन्य यी जीवाणु माटोमा लामो समयसम्म बिरुवा सङ्क्रमित हुने गरेको जानकारी दिए ।
यो चालु आर्थिक वर्षदेखि सुरु हुने यो परियोजना २०८३ मा सम्पन्न हुने उनले बताए । यस परियोजनाको बजेट करिब पाँच लाख पाँच हजार अमेरिकी डलर रहेको छ । परियोजनाले तरकारि बालीमा माटो बाट सर्ने रोग र त्यसको दिगाो व्यवस्थापनका लागि प्रविधिको विकास र प्रसारको काम गर्ने ५, परियोजना मार्फत करिव ६ सय कृषक, ६० भन्दा बढि कृषि प्रसार कार्यकर्ता र ५० अनुसन्धानकर्ताको अल्पकालिन र दिर्घकालिन क्षमता अभिबृदिका कार्यक्रमहरु सञ्चालन हुनेछ ।
जलवायुमैत्री स्थानीय स्रोतसाधनमा आधारित माटोजन्य रोग व्यवस्थापनका प्रविधिहरूको विकास एवं अवलम्बनबाट कृषकहरूमा खाद्य तथा पोषण सुरक्षा गर्नका लागि अमेरिकी सहयोग नियोग फिड दी फ्याचुर कार्यक्रम अन्तर्गत हर्टिकल्चर इनोभेसन ल्याबको आर्थिक सहयोगमा सञ्चालन हुने परियोजना अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट नार्कले प्राप्त गरेको हो ।
यस परियोजनाको उद्देश्य दीर्घकालीन खाद्य र पोषण सुरक्षालाई सहयोग पु¥याउनका लागि तरकारी उत्पादनमा नेपालका सीमान्तकृत किसानका लागि लाभदायक हुन सक्ने वातावरणमैत्री र कम लागतको प्रविधिको विकास गर्ने लक्ष्य रहेको छ ।
कृषि तथा वन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. कल्याण मिश्रको प्रमुख आथित्यमा भएको कार्यक्रममा फीड द फ्युचर हर्टिकल्चर इनोभेसन ल्याब दक्षिण एसिया हवका हब म्यानेजर कृष्ण सापकोटाले परियोजनाको बारेमा बिस्तृत जानकारी गराए ।
तीन वर्ष सम्म सचालन हुने पाँच लाख पाँच हजार अमेरिकि डलर बरबारको यो परियोजना नार्कका वैज्ञानिक डा. रामबहादुर खड्का र डा. रन्जना रावलले अन्तराष्ट्रिय प्रतिस्पर्धाबाट प्राप्त गरेका हुन् । कार्यक्रमका राष्ट्रिय बालि रोग अनुसन्धान केन्द्रका प्रमुख सुरज बैद्य सहित बिभिन्न क्षेत्रका व्यक्तिहरुको विशेष सहभागिता रहेको थियो ।

Previous Post

भारतको बाँधका कारण गौर बजार जलमग्‍न

Next Post

आजपाद्धारा नेताको जिम्मेवारी बाँडफाँड सहित संघर्षका कार्यक्रम सार्वजनिक

Next Post
आजपाद्धारा नेताको जिम्मेवारी बाँडफाँड सहित संघर्षका कार्यक्रम सार्वजनिक

आजपाद्धारा नेताको जिम्मेवारी बाँडफाँड सहित संघर्षका कार्यक्रम सार्वजनिक

प्रतिक्रिया दिनुहोस् !

यो वेबसाइट पर्दाफास मिडिया प्रा.लि.को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको राजनीति, व्यापार, अन्तरवार्ता तथा विचार लगायत समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद तथा खोजमुलक सत्य, तथ्य र निष्पक्ष तरीकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेटदछ्।

 

         पर्दाफास मिडिया प्रा.लि.
वीरगंज महानगरपालिका वडा नं. ११, पर्सा
सूचना विभाग दर्ता नं.: ३८१४/२०७९/०८०
सम्पर्क नम्बर :  ९८५५०३९२६६
इमेल: pardafasdaily@gmail.com

 

                 हाम्रो टिम
संचालक/सम्पादक : राघव साह

सम्पादक : श्रीराम प्रसाद  रौनियार

सोसल मिडिया

Facebook
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर

© 2022 -Pardafas Daily - All Rights Reserved.

You cannot copy content of this page

Javascript not detected. Javascript required for this site to function. Please enable it in your browser settings and refresh this page.